जादुमयी क्रिष्टियानो रोनाल्डो

0

सुगत पराजुली 

क्रिष्टियानो रोनाल्डोले आफ्नो १००औँ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । कोही पनि उनका प्रशंसक र समर्थक हरुले चाहेका थिएनन् कि त्यो तीन यार्डबाट कपटी ट्याप इन होस् भनेर ।

त्यसैलाई गलत तुल्याउँदै पोर्चुगिज कप्तानले सयौं गोल गरे स्वीडेन विरुद्ध एक आश्चर्यजनक फ्रिकिकलाई लोभ लाग्दो ढंगले जाली चुमाउदै । युभेन्टसबाट व्यवसायिक फुटबल खेल्ने उनी अब आउने फेव्रबरीमा ३६ वर्षका हुनेछन् ।

अन्तराष्ट्रिय गोलका लागि पुरुषको विश्व रेकर्ड बराबर गर्न उनी इरानका अलि दाई भन्दामात्र ८ गोल टाढा छन् । इरानको अलि दाईले राखेका त्यो रेकर्ड यस्तै उत्कृष्ट प्रदर्शन गर्दै गएमा अब उनीबाट धेरै टाढा भने छैन ।

लेखक : सुगत पराजुली

रोनाल्डोको रेकर्डलाई भेटाउन भारतको सुनिल क्षेत्री सबैभन्दा नजिकको सक्रिय खेलाडी हुन् उनले आफ्नो देशको लागि ७२ गोल गरिसकेका छन् तर क्षेत्री ३६ वर्षका भए । त्यसैले समय उनको पक्षमाभने छैन ।

लियोनल मेसी ७० तथा रोबर्ट लेभान्डोस्की ६१ गोलमा रोनाल्डोलाई पछ्याउँदै गरेका खेलाडी हुन् तर समय उनीहरूको साथमा पनि अवश्य छैन । यस्तै नेमार ६१ र अलि असरफ ६३ गोल गरेका सबैभन्दा कम उमेरका सक्रिय खेलाडी हुन् । रोनाल्डोले ३० वर्षको उमेर भन्दा अघिनै आफ्नो देशको लागि ११८ खेलमा ५२ गोल गर्न सफल भएका थिए ।

त्यस बेलाउनको गोल दर ०.४४ थियो । ३० वर्ष पछि सुस्ताउछन् कि भनिएका रोनाल्डो गोल दरलाई झन बढाएर १.०४ बनाएका छन् । त्यस बीचमा उनले पोर्चुगलका लागि ४७ खेलमा ४९ गोल गरेका छन् । यो निकै आश्र्चयजनक तथ्य हो ।

उमेर हदले पनि खेल जीवनको अन्त्य तिर पुगेका रोनाल्डो एक पछि अर्काे रेकर्ड तोड्न तर्फ लागेका छन् । यस्तै उत्कृस्ट गोल गरिरहेको खण्डमा आफूलाई छोटो समयमै विश्वमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा परिचित गराउन सफल हुृन्छन् । उनका प्रतिद्वन्दी मेसीको कुरा गर्ने हो भने वार्सिलोनामा आफूले पाएको सफलतालाई अर्जेन्टिनाको खुशीमा बदल्न सकेका छैनन् । अर्जेन्टिनाको रंगमा धेरै फाइनल गुमाएका मेसीले वास्तवमा एक बिन्दुमा अन्तराष्ट्रिय फुटबलबाट समेत सन्यास लिएका थिए । तर रोनाल्डोले रियल मड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्टससंग जितेका सबै उपाधिहरूको समर्थन गर्दै पोर्चुगललाई एक युरोपेली च्याम्पियनसिप र नेसन्स लिग पनि उनले जितेका छन् ।

अब उनको मुख्य लक्ष्य इरानका अलिदाईको रेकर्ड तोड्ने नै हुनेछ । उनलाई रेकर्ड तोड्न कुनै गाह्रो भने हुने छैन । पोर्चुगलले आगामी वर्ष युरोकप खेल्ने छ । त्यस्तै उसले दुई वर्षपछि विश्व कपमा पनि भाग लिने छ । यसै कारणले गर्दा रोनाल्डोलाई रेकर्ड तोड्नमा बलियो दाबेदारको रुपमा हेरिएको छ । अलिदाईले गरेका १०९ गोलमध्ये १६ लाओस तथा लेबनान सँग गरिको थियो । त्यस्तै नेपालका विरुद्ध पनि उनले ४ गोल गरेका थिए । रोनाल्डोले सबैभन्दा मन पराउने प्रतिद्धन्दीमा लिथियोना र लग्जम्बर्ग पर्दछ । त्यस्तै बलिया प्रतिद्धन्दी नेदरल्याण्ड, स्पेन, अर्जेन्टीना सँग पनिउनले उत्कृष्ट गोल गरेका छन् ।

अब रोनाल्डोको रेकर्ड कसले दाबी गर्छ भन्ने कठिन प्रश्न भएको छ । उनी जतिको खेल्ने शैली भएको तथा खेलमा अरुको रणनीति थाहा पाउने खेलाडी पाउन निकै गाह्रो छ ।

आजको रेकर्डलाई भेट्टाउनको लागि जो कोहीलाई पनि धेरैभन्दा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । रोनाल्डोले सयौं गोल पुर्‍याउने क्रममा ६ पटक ह्याट्रिक पनि गरेका थिए ।

उनले घरेलु मैदानमा ४७ गोल गरेका थिए भने अवे खेलमा ३९ गोल गरेका थिए । त्यस्तै १५ गोल भने न्यूट्रल मैदानमा गरेका थिए । उनका बायाँखुट्टा बाट २२ गोल तथा दायाँ खुट्टाबाट ५५ गोल भएको थियो भने टाउकोले २४ पटक गोलको जालि चुमेको थियो ।

उनी जस्तो मेहनती र प्रतिभाशाली खेलाडी फेरी पाउन दुर्लभ नै देखिन्छ । ३५ वर्षको उमेरमा पनि आफुलाई उत्तिकै फिट राखेर मैदानमा डिफेन्डरलाई कसरत गराउन उनी माहिर देखिन्छन् । अब फुटबल खेलमा थोरै समय मात्र देख्न पाइने खेलाडी रोनाल्डोलाई खेल जीवनमा आउने दिनहरुमा पनि धेरै भन्दा धेरै गोलहरु हात परुन् भन्ने शुभकामना का साथै खेल पश्चात्को जीवनमा पनि यस्तै लयको सफलता हात परोस् भन्ने कामना गदर्छु ।

Post Add 1025X115
Loading...