गल्फर राेरे बने पिता

0

चार पटकका मेजर कपका विजेता रोरे म्याक्ल्रोय बुवा बनेका छन । उनले पहिलो पटक सामाजिक सञ्जालमा आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन ।

अमेरीकाको फ्लोरिडामा सोमबार उनकी पत्नी इरीकाले छोरीको जन्म दिएका हुन । उनले आफ्नो इन्टामा आफ्नो मायाको चिनो संसारमा आएको बताएका छन ।

इरीकाले फ्लोरीडाको जुपिटर मेडिकल सेन्टरमा बच्चाको जन्म दिएकी हुन । रोरेले आफ्नी श्रीमतीको ख्याल गर्ने सबै चिकित्सकलाई धन्यवाद पनि दिएका छन ।

उनले आफ्नी छोरीको नाम पोपे केनेडी म्याक्ल्रोय राखेका छन । रोरेले इरीकालाई अमेरीकामा नै भेटेका थिए । केहि समय डेटिङ गरेपछि उनीहरुले विहे गरेका थिए ।

रोरेको कुनै समय टेनिस खेलाडी क्यारोलिना वाज्नियाकीसँग पनि प्रेम रहेको थियो । यी दुईले पनि विहे गर्ने चर्चा भएपनि पछि छुट्एिका थिए ।
उनीहरुको सम्बन्ध छुट्टिएको लामो समयसम्म क्यारोलिन टेनिसबाट बाहिर रहेकी थिइन । पछि उनले सम्हालिएर कोर्टमा फर्किएकी थिइन ।

Post Add 1025X115
Loading...