कसले जित्ला १ कराेड ५० लाख डलरकाे पुरस्कार ?

0

फेडेक्स कप प्राइजको उपाधि उचाल्नका लागि डुस्टीन जोनसन र जो रामविच प्रतिस्पर्धा उच्च छ । गल्फका इतिहासमा सर्वाधिक धेरै पुरस्कार राशी रहेको यो प्रतियोगिताका लागि यी दुई खेलाडी विच प्रतिस्पर्धा भइरहेको छ ।

यो प्रतियोगिताको विजेताले १ करोड ५० लाख डलर पाउनेछ भने उपविजेताले ५० लाख डलर पाउनेछ । हुन त प्रतियोगितामा ३० औं स्थानमा आउने खेलाडीले पनि पुरस्कार पाउनेछन । सबै भन्दा तल अर्थात ३० औं स्थानमा आउने खेलाडीले तीन लाख ९५ हजार डलर पाउनेछन ।

प्रतियोगितामा तेस्रो हुने खेलाडीले ४० लाख डलर पाउनेछन भने चौथो हुनेले ३० लाख र पाँँचौ हुनेले २५ लाख डलर हात पार्नेछन ।

यस्तै छैटौं हुनेले १९ लाख, सातौंले १३ लाख, आठौंले ११ लाख, नबौं स्थानमा आउनेले नौ लाख ५० हजार र १० औं स्थानमा आउनेले आठ लाख ३० हजार डलर पाउनेछन ।

Post Add 1025X115
Loading...