एथ्लेटिक्सः अन्तर्राष्ट्रिय सहभागिताकाे ६९ बर्षकाे गर्विलाे इतिहास, जुन अहिलेपनि धरमराउँदै छ !

0

नेपाल एमैच्योर एथ्लेटिक्स संघको स्थापनसंगै नेपालले अन्तराष्ट्रिय खेलकुद जगतमा प्रवेश गरेको थियाे । सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको पहिलो एशियाली खेलकुदमा कृष्ण बहादुर बर्माको नेतृत्वमा नेपाली धावकहरुले भाग लिएका थिए । यो नै नेपाली धावकहरुले एथ्लेटिक्समा अन्तराष्ट्रिय क्षेत्रमा भाग लिएको पहिलो अवसर थियाे ।

सन् १९५२ मा हेल्सिन्कीमा आयोजित ओलम्पिक खेलमा पर्यवेक्षकको रुपमा भाग लिन नेपाल एमेच्योर एथ्लेटिक्स संघले जनरल नरशमशेर र कृष्णबहादुर वर्मालाई त्यसतर्फ पठाएको थियो । नेपालले १९५१ र १९५२ मा क्रमशः एशियन खेलकुद प्रथम र ओलम्पिक खेलमा प्रवेश गरेको यस घटनालाई अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको पहिलो सहभागिता,पहिलो प्रयास र पृष्ठभूमि मात्र देखिन्छ । नेपाली खेलाडीहरुले एथ्लेटिक्समा अन्तराष्ट्रिय खेलजगतमा भाग लिँदै आएका केही सफलताका घटनाहरु यस्ता छन ।

ओलम्पिकमा नेपाली एथ्लेटिक्स 

सन् १९५२ मा हेल्सिन्कीमा आयोजित ओलम्पिक खेलमा नेपालले पर्यवेक्षकको रुपमा भाग लिएको थियो तापनि नेपाली खेलाडीहरुले सन् १९६४ सालदेखि ओलम्पिकमा भाग लिन थालेको पाइन्छ ।सन् १९६४ मा टोकियोमा आयोजित ओलम्पिक खेलमा एथ्लेटिक्सतर्फ सुशील शमशेर राणाको नेतृत्वमा गएको सो टोलीका दुई धावक गङ्गा बहादुर र भुपेन्द्र कार्की म्याराथनमा भाग लिएका थिए ।

सन् १९६८ मा मक्सिकोमा आयोजित ओलम्पिकमा नेपालमा भाग नलिए तापनि सन् १९७३ मा म्यूनिखमा आयोजित विश्व ओलम्पिकमा कुमार खड्क बिक्रम शाहको नेतृत्वमा नेपाली खेलाडीहरुले भाग लिए । त्यस एथ्लेटिक्सतर्फ जीत बहादुर केसी र भक्त बहादुरले म्याराथनमा भाग लिएका थिए ।सन् १९७६ मा मन्ट्रियलमा सम्पन्न ओलम्पिक खेलमा नेपाली धावक श्री बैकुण्ठ मान्नधरले राम्रो रेकर्ड कायम गरेका थिए । उक्त प्रतियोगितामा नेपालबाट एथ्लेटिक्सतर्फ म्याराथनमा बैकुण्ठ मानन्धर र सिंह बहादुरले भाग लिएकोमा बैकुण्ठ मानन्धरले २ घण्टा २९ मिनेटमा म्याराथन दौड पूरा गरेका थिए ।

त्यसै गरी सन् १९८० मा मास्कोमा संपन्न भएको २२ औँ ओलम्पिक खेलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री शरदचन्द्र शाहको नेतृत्वमा नेपाली खेलाडीहरुले भाग लिएका थिए ।उक्त खेलमा एथ्लेटिक्सतर्फ बैकुण्ठ मानन्धर र मुकुन्दहरी श्रेष्ठले म्याराथनमा , नरबहादुरले १० हजार मिटर दौडमा , र लक्ष्मण बस्नेत र रघुराज वन्तले क्रमशः ५ हजार मिटर र १०० मिटर दौडमा भाग लिएका थिए ।

विश्व भ्रातृत्व बढाउन आयोजित ओलम्पिक खेलमा नेपालले आफ्नो स्वतन्त्रताको किशोरावस्था देखि रुचीका साथ भाग लिदैँ आएको छ ।अमेरिकाको प्रमुख शहर लस एञ्जल्समा आगामी १९८४ मा आयोजना हुने २३ औँ विश्व ओलम्पिक मा पनि नेपालले भाग लिन सक्ने संभावना देखा परेको थियाे ।

एशियाडमा एथ्लेटिक्स

एशियाली खेलको श्री गणेशसंगै यसमा नेपालले आफ्नो सहभागिता कायम रहदै आएको छ । सन् १९५१ मा छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको प्रथम एशियाली खेलकुदमा कृष्ण बहादुर वर्माको नेतृत्वमा नेपाली धावकहरुले माग लिएको थिए ।१९५४ मा मनिलामा आयाजना गरिएको दोस्रो एशियाली खेलमा नेपालले भाग लिएन तापनि सन् १९५८ मा बकार्तामा ,सन् १९६२ मा टोकियोमा र सन् १९६६ सालको एशियाली खेलमा श्री सुशील शमशेरको नेतृत्वमा तीन जना खेलाडीहरुले एथ्लेटिक्समा भाग लिएका थिए ।

सन् १९७० मा एशियाली खेल बैंककमा नै आयोजना भएको थियो । त्यस खेलमा प्रशिक्षक श्री लक्ष्मण शाहको नेतृत्वमा जीत बहादुर ,भक्तबहादुर, खड्क बहादुर , अनूप शमशेर राणा, केशव बहादुर , श्याम राजलवट, भीमबहादुर खत्री र महेन्द्र बहादुर राई समेतको नेपाली एथ्लेटिक्स खेलाडी टोलीमा भाग लिएको थिए । प्रतियोगितामा ३० हजार मिटरको स्टेपल चेसतर्फ महेन्द्र बहादुर राईले छैठौँ स्थान प्राप्त गरेका थिए । सन् १९७४ मा तेहराइनमा आयोजित एशियाली खेलमा श्री द्धारिकाराम भगत माथेमाको नेतृत्वमा गएको नेपाली धावक श्री जीत बहादुरले ५ हजार मिटर दौडमा भाग लिएका थिए ।

सन् १९७८ को एशियाली खेल ब्याङ्ककमा आयाजना भएको थियो । उक्त खेलमा नेपालले एथ्लेटिक्स,भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बक्सिङ्ग, टेनिस,भारतोलन र जिम्न्यास्टिक प्रतियोगितामा भाग लिएको थियो । प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत म्याराथन दौडमा नेपालका सर्वश्रेष्ठ धावक बैकुण्ठ मानन्धरले २ घण्टा २१ मिनेट ९ सेकेण्डमा दौड पूरा गरी सातौँ स्थान प्राप्त गरेका थिए ।यो उनले गरेको आफ्नो नयाँ रेकर्ड थियो ।अब नवौँ एशियाली खेल सन् १९८२ मा नयाँ दिल्लीमा आयोजना हुँदैछ ।

एशियाली महाद्धीतीय अखण्डता र राष्ट्रिय पारम्परिक मैत्रीको प्रतीकका रुपमा सन् १९५२ देखी उल्लासका साथ मनाइदैँ आएको एशियाली खेलमा नेपालले यस खेलको शैशव कालदेखि ने सरुचि–पूर्ण तवरले भाग लिँदै आएका छ । यो पूर्व आयजित एशियाली खेलमा नेपालको सहभागिताले स्वदेशको इज्जत राख्नाको साथै मित्रराष्ट्रहरुसंग सौहाद्रता र भ्रातृत्वभावनाको विकास गनेमा ठूलो सहयोग पु¥याएको छ ।

एशियाली ट्रयाक एण्ड फिल्डमा नेपाल

एशियाली ट्राक एण्ड फिल्ड खेलकुद सन् १९७२ देखि आयोजना हुन थालेको हो । फिलिपिन्सका राजधानी मनिलामा पहिलो पटक यस खेलको आयोजना भयो । सो खेलकुदमा नेपाली खेलाडी जीत बहादुर तेस्रो, भक्त बहादुर चौँथो र बैकुण्ठ मानन्धर पाचौँ भएका थिए । प्रशिक्षकको रुपमा मधु शमशेर जानु भएको थियो ।

सन् १९७५ मा दोस्रो एशियाली ट्रयाक एण्ड फिल्ड प्रतियोगिता दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न भएको थियो । नेपालको तर्फबाट प्रशिक्षक श्री लक्ष्मण विक्रम शाहको नेतृत्वमा एथ्लेटिक्स खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगितामा जीत बहादुरले तेस्रोर बैकुण्ठ मानन्धरले चौथौँ स्थान प्राप्त गरेका थिए ।तेस्रो एशियाली ट्राक एण्ड फिल्ड प्रतियोगिता जापानको राजधानी टोकियोमा सन् १९७९ मा आयोजना भएको थियो ।

नेपालको तर्फबाट प्रशिक्षक श्री खड्ग बहादुर रानाभाट वैकुण्ठ मानन्धरले सो खेलमा भाग लिएका थिए ।प्रतियोगितामा बैकुण्ठ मानन्धरले दश हजार मिटरको दौड ३१ मीनेट ,१० सेकेण्डमा पूरा गरेका थिए ।त्यसतै ५ हजार मिटरको दौड उनले १५ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए । सन् १९८१ मा टोकियोमा नै आयोजना भएको चौथौँ एशियाली ट्राक एण्ड फिल्ड प्रतियोगितामा भने नेपालले भाग लिएन ।

ह्याङटेन मिनि –म्याराथनमा नेपाल

सन् १९८१ (वि.सं २०३८) मा मित्रराष्ट्र थाइल्याण्डको राजधानी ब्याङककमा प्रथम ह्याङटेन मिनि –म्याराथन९३० कि।मि० प्रतियोगिताको आयाजना भएको थियो । उक्त प्रतियोगितामा नेपालकोतर्फबाट श्री वासुदेव प्रधानको नेतृत्वमा नेपाली धावकहरुले भाग लिएका थिए ।प्रतियोगितामा मुकुन्दहरी श्रेष्ठले तेस्रो र नरबहादुर दाहालले आठौँ स्थान प्राप्त गर्नु भएको थियो ।

एथ्लेटिक्स खेलकुद नेपालमा

वि.सं २०३२ सालमा बङ्लोरमा आयाजना भएको प्रसन्न कुमार मेमोरियल एथ्लेटिक्स प्रतियोगितामा नेपालकोतर्फबाट श्री फत्ते बहादुर नेपालको नेतृत्वमा ७ सदस्यीय खेलाडी टोलीले भाग लिएको थियो ।उक्त प्रतियोगिता हरिहर श्रेष्ठले सटपुटतर्फ प्रथम स्थान प्राप्त गरेका थिए र अशोक श्रष्ठले २०० मीटर दौडमा दोस्रो स्थान प्राप्त गरेका थिए ।

साथै म्याराथन तर्फ मुकुन्दहरि श्रेष्ठ दोस्रो भएका थिए ।त्यसै गरी सन् १९७६ मा श्रायदे आजाम जिन्हाको शतवार्षिर्कात्सव समारोहमा पाकिस्तानमा आयोजित एथ्लेटिक्स प्रतियोगितामा नेपालका तर्फबाट एथ्लेटिक्स प्रशिक्षक श्री मधुशमशेर ज।व।राको नेतृत्वमा नेपाली खेलाडीहरुले भाग लिएकोमा म्याराथनतर्फ बैकुण्ठ मानन्धर द्धितीय र मुकुन्दहरि श्रेष्ठ तृतीय भएका थिए ।

यसरी अन्तराष्ट्रिय खेलकुदमा नेपालले सहभागीता बढाउँदै आएको कुरा उल्लिखित परिचर्चाबाट छर्लङ्ग हुन्छ । आपसी मित्रता र समझदारी बढाउने उद्देश्यले आयोजना हुने यस प्रकारका नियमित र सामयिक अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले दिन प्रतिदिन बढ्दो रुचिका साथै सहभागिता अपनाउदै आएकोले भित्र राष्ट्रहरुका बीच देशको मैत्री सम्बन्ध घनिष्ठ र सुमधुर रहेदै आएको कुरा सर्वविदिछतै छ ।

Post Add 1025X115
Loading...