सीपीएल : सन्दीपकाे टिम जमैका ३६ रनले पराजित

0

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ ।

Advertisement

बार्बाडोस ट्रिडेन्ससँग जमैका पराजित भएको हो । बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो ।​ जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ । खेलमा जमैका पराजित भए पनि जमैकाबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनले ४ ओभरमा १६ रन जोड्दै २ विकेट लिएका थिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् ।

 

Post Add 1025X115
Loading...