म खेल्दा सबैभन्दा चर्को हुटिङ बुवाको थियो– सागका ५०औं स्वर्ण विजेता सनिल शाही

0

गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद निकै सफल रह्यो । आयोजनाको र सफलता दुबै तर्फ यो साग नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले अहिलेसम्मकै धेरै ५१ वटा स्वर्ण पदक जित्यो ।

दक्षिण एसियाली उद्घाटनको पूर्व सन्ध्यामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले भनेका थिए,‘ यो पदकको दक्षिण एसियाली खेलकुदमा नेपालले कम्तिमा ५० स्वर्ण पदक जित्छ ।’

सदस्य सचिवको त्यो दाबी यथार्थमा बदल्ने अर्थात ५०औं स्वर्ण पदक जित्ने खेलाडी हुन् बक्सिङका सनिल शाही ।

मंसिर २४ गते अर्थात दक्षिण एसियाली खेलकुदको अन्तिम दिन पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए ।

‘फाइनलमा भारतीय खेलाडीसँगको भिडन्त निकै प्रतिष्पर्धात्मक थियो । उसको पावर र स्पीड थियो, मेरो प्रिसिजन थियो । त्यसै कारण उसलाई हराउन सफल भएँ,’ सहभागिताकै दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका सनिल शाही भन्छन् ।

त्यो स्वर्ण उनले भारत जस्तो बलियो प्रतिद्वन्द्वीलाई हराएर जितेका थिए । उनले यो सागमा स्वर्ण पदक जित्छन् भन्ने विरलैले आशा गरेका थिए ।

उनमा भएको बक्सिङ क्षमता त धेरैले चिनेका थिए । तर, खासै ठूलो अनुभव नभएको भएर पनि उनलाई १३औं सागमा त्यो पनि स्वर्ण पदक जित्छन् भने विश्वास गर्न गाह्रो नै थियो । स्वर्ण पदक जितेर उनले आफूलाई प्रमाणित गरिदिए ।

नेपाली खेलकुद अझै पनि ब्यावसायिक बन्न सकेको छैन । खेलकुदमा लागेर जिवन धान्न कठीन छ । एकाध खेलाडीलाई छोड्ने हो भने खेलकुदमा जिवन समर्पित गर्नेको जिवन कठीन नै छ । त्यसैले गर्दा पनि अविभावक आफ्नो छोराछोरीलाई खेलकुदबाट टाढै राख्न चाहन्छन् । छोराछोरीले पठाईलाई प्राथमिकता दिओस् भन्ने चाहन्छन् । यस्तै चाहना सनिसको आमा–बुवाको पनि थियो ।

सनिलको आमा विदेशमा हुनुहुन्छ । बुवा काठमाडौंमै हुनुहुन्छ । बुवाले बारम्बार ‘खेलकुद तेरो भविष्य होइन है’ भनेर सम्झाई रहनुहुन्थ्यो । कहिले दबाब पनि दिनुहुन्थ्यो । तर, सनिलको मन खेलकुदबाट टाढा हुन सकेन ।

बाल्यकालमा खेलकुदमा नै रुचि थियो । चार कोठा भित्र कोचिएर बस्न मन लाग्दैथ्यो । पढाईमा औषत थिए । एसएलसी परीक्षा दिएपछि टेकुको एउटा जिम क्लबमा आबद्ध भए । जिमसँगै उनको रुची बक्सिङमा मोडियो । बक्सिङमा उनको क्षमता राम्रै रहेछ । उनले छोटो समयमै दशरथ रंगशालाको यात्रा तय गरे । जहाँ सिनियर खेलाडीसँगै प्रशिक्षण गर्ने मौका पनि पाए । सिनियर खेलाडीले बक्सिङका टेक्निकहरु सिकाउँथे । यस्तै सिकाईबाट उनी राष्ट्रिय टिमसम्म पुगे ।

साइकल चढेर ट्रेनिङ सेन्टरमा

‘घरमा मेरो एउटा साइकल छ, त्यो साइकलसँग मेरो धेरै मेमोरी छन् ।

मध्यम बर्गीय परिवारमा हुर्किएका सनिल शाहीसँग ब्यक्तिगत साधन थिएन । त्रिपूरेश्वरमा प्रशिक्षण गर्दा त कठीन थिएन ।

बक्सिङको प्रशिक्षण सातदोबाटोमा सरेपछि भने सनिललाई समयमा पुग्नै मुस्किल पर्न थाल्यो । उनले एउटा साइकल किने ।

टेकुबाट करिब सात किलोमिटरको दूरीमा छ, सातदोबाटो ।

‘टेकुबाट सातदोबाटो जाँदा धेरै जसो उकालो पर्छ, साइकल चलाएर त्यहाँ पुग्दा धेरै थाकिसकेको हुन्थेँ । ट्रेनिङ गर्दा अझैं थाकिन्थ्यो, फेरी साइकल चलाएर घर आउनु पर्‍यो,’ सनिल आफ्नो संघर्षका दिनहरु सम्झिन्छन् ।

त्यसबेला सनिल राष्ट्रिय टिमसँगै प्रशिक्षण गर्ने भएपनि राष्ट्रिय टोलीमा उनको नाम थिएन । राष्ट्रिय टिमका खेलाडीलाई भत्ता र डाइटको ब्यवस्था थियो ।

‘राष्ट्रिय टिममा पर्ने खेलाडीहरु डाइट खाएको देख्दा मनमा अझ बढी मेहनत गर्ने अठोट गर्थेँ ।’

सनिल असफलतादेखि डर मान्दैनन् । बरु सफलतापछि आत्मबल बलियो बनाउँछन् । ओलम्पिक छानोट प्रतियोगिताको एउटा खेलमा उनले जितेपनि दोस्रो खेलमा भने नराम्रो पराजय भोगे । त्यसले गर्दा अझ राम्रो गर्ने उर्जा मिलेको उनी बताउँछन् ।

सनिलको संघर्ष र सफलताको कथा हेर्न यहाँ क्लीक गर्नुहोस्

 

Post Add 1025X115
Loading...