नेपालकाे २०२० मा कुनै अन्तर्राष्ट्रिय प्रतियाेगिता नहुने, क्यानले तयारी एक महिना पछि सार्ने !

0

नेपालले २०२० मा कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पछिल्लो पटक नेपाल क्रिकेट संघलाई यो बर्ष कुनैपनि खेल नभएको बताएपछि क्यानले पनि खेलाडीको तयारी त्यहि अनुसार गर्ने भएको छ ।

२०२० मा कुनैपनि अन्तराष्ट्रिय खेल नभएको भन्ने जानकारी आइसीसीबाट आएपछि क्यानले राष्ट्रिय टिमको तयारी एक महिना पछाडी सार्ने भएको छ । यसअघि भदौ एक गतेबाट प्रशिक्षण सुरु गर्ने की भन्ने क्यानको योजना अब एक महिना सर्ने भएको हो । क्यानले अब खेलाडीको प्रशिक्षण असोजका लागि सार्ने तयारी गरेको छ ।

अहिलेपनि पनि खेलाडी आफ्नो तरिकाले कीर्तिपुर मैदानमा प्रशिक्षण भने गरिरहेका छन । तर क्यानले खेलाडीलाई क्वारेन्टिनमा राखेर पीसीआर परिक्षण गरेर प्रशिक्षण गराउने तयारी गरेको थियो । जुन अब केहि समय पछि सर्ने भएको छ ।

प्रतियोगिता नभएको अवस्थामा खेलाडीलाई प्रशिक्षणमा राख्नु त्यति सान्दर्भिक नभएको क्यानको बुझाई छ । केहि समय अगाडी आइसीसीले नामिवियामा हुने त्रिकोणात्मक सिरीजका लागि डेटको प्रस्ताव गरेको थियो । तर त्यसमा कुनै निर्णय भएको छैन । पछिल्लो पटक यो बर्ष नेपालले खेल्ने प्रतियोगिता हुन कठिन रहेको खबर आएको बताइएको छ ।

कोरोना भाइरसका कारण नेपालले नाविबिया, पिएनजी र स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक सिरीज स्थगित भइसकेका छन । यसअघि नोभेम्बरसम्म एसोसियट क्रिकेटका कुनै प्रतियोगिता नभएको अवस्थामा अब त्योपनि दुई महिना टरेको छ ।

२०२१ मा भने नेपालले एकपछि अर्को प्रतियोगिताका लागि ब्यस्त हुनुपर्ने देखिएको छ । त्यो बेला घरेलु मैदानमा विश्वकप लिग टु एक सिरीज आयोजनापनि गर्नुपर्ने हुन्छ ।

Post Add 1025X115
Loading...