खेलबाट समाज कसरी परिवर्तन हुन्छ भन्ने उत्कृष्ट उदाहरण बन्याे रूवान्डा क्रिकेट

0

खेलकुदले समाजमा ठुलो परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेको रुवान्डा । द्धन्द्धले ग्रसित बनेको देश रुवान्डामा यतिबेला क्रिकेटले समाजलाई नै परिवर्तन गरेको छ । यो देशमा क्रिकेट खेलले बालबालिका मात्र होइन, महिलाहरुमा पनि खेल प्रति सोच्ने र समाजमा महिलाको भूमीकाका बारेमा निकै परिवर्तन ल्याएको छ । त्यसैले त अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पनि रुवान्डा क्रिकेटलाई केहि दिन अगाडी उत्कृष्टताको अवार्ड दिएको थियो, त्यो पनि महिला सशक्तिकरणमा खेलेको भूमीकालाई ध्यानमा राखेर ।

रुवान्डाको मुख्य क्रिकेट मैदान गहेगन रंगशालामा आजभोली निकै चहलपहल हुन थालेको छ । यसअघि पुरुष खेलाडीमात्र मैदानमा क्रिकेट खेलेको देखिने गरेकोमा अहिलेको सिनारीयो निकै परिवर्तन भएको छ । यतिबेला गहेगन मैदानमा बालबालिका देखि महिलाहरु पनि हातमा ब्याट समातेर क्रिकेट खेलिरहेका देखिन्छन भने उनीहरुलाई बलिङ गर्ने पनि महिला नै हुन्छन । महिलाप्रति समाजमा हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गरेको रुवान्डामा आखिर कसरी यस्तो परिवर्तन आयो त ?

रुवान्डाको ठुलो क्रिकेट मैदानमा खेलाडी तथा दर्शक प्राय एकै भेषभुषामा पुग्छन् । यो सिनारीयो तत्कालै भएको भने होइन, यसका लागि रुवान्डा क्रिकेट संघले पछिल्ला केहि बर्षदेखि निरन्तर गरेको कामको प्रभाव हो । पछिल्लो दुइवर्ष देखि यो मैदानमा क्रिकेट खेल्ने महिलाको पनि बाक्लो उपस्थिती हुन थालेको छ । मैदानमा खेलाडी महिला हुन्छन् भने समर्थनमा महिलाहरकै आवाजले गुञ्जिन्छ ।

आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको रुवान्डा क्रिकेटको कहानी निकै लोभलाग्दो छ । रुवान्डा क्रिकेट संघ र क्रिकेट बिल्ड होप्स नामक संस्थाको गज्जबको संयोजनको उपज हो यो । महिलालाई विकासको काममा शतप्रतिशत सहभागि गराउन क्रिकेटको प्रयोग गरिएको छ ।

अहिले त्यहाँ १५–२५ वर्षका युवतीहरु पुग्छन् र उनीहरुलाई पछाउँदै पुग्छन् आमाहरु । क्रिकेटले उनीहरुलाई क्षमता जाच्ँन , आफ्नो सबल पक्ष र दुर्बल पक्ष के छ र समुहमा रहँदै कसरी काम गर्ने भन्ने कुरा सिकाइरहेको छ । त्यो भन्दा बढि क्रिकेटले त्यहाँका महिलाहरुलाई सपना देख्न सिकाइरहेको छ ।

सन् २०१८ मा सुरु भएको यो क्रिकेटबाट ३०० भन्दा बढि महिलाले लाभलिए । उनीहरुको उद्यमशीलता तथा नेतृत्व क्षमतामा सुधार पनि आयो । अहिले पनि त्यो कार्यक्रम चलिरहेको छ । क्रिकेट प्रतियोगिताहरु हुन्छ भइराख्छ त्यहाँ । रोट्राक्ट रुवान्डा, रुवान्डा महिला टिम सम्मलित प्रतियोगिता हुन्छ त्यहाँ , गत नोभेम्बरमा कोहोर्ट फोर नामक टिम त्यहाँपुगेकाथियो ।

टिमका ९० प्रतिशत सदस्य आमा थिए । ती महिलाको सफलता अहिले झन् चुलिएको छ । त्यसैले समाजलाई परिवर्तन गर्नका लागि कुनै गणितिय फर्मुला चाहिदैन भन्ने रुवान्डाले देखाएको छ । यदि मानिसमा परिवर्तन हुनुपर्छ भन्ने इच्छाशक्ति र लगाव भएमा समाज परिवर्तन कसरी गर्न सकिन्छ भनेर रुवान्डाले विश्वलाई चिनाएको छ ।

Post Add 1025X115
Loading...