मुलपानी क्रिकेट मैदानका लागि एक कम्पनीकाे टेन्डर, अख्तियारमा उजुरी पर्दा अझै फाइनल हुन सकेन !

1

नेपाल सरकारको लगानीमा बनिरहेको मुलपानी स्थित तल्लो क्रिकेट मैदानका लागि एउटा कम्पनीले मात्र टेन्डर प्रस्ताव गरेको छ । तीन फरक कम्पनी एक साथ मिलेर मुलपानी क्रिकेट रंगशालाको कामका लागि टेन्डर हालेका छन ।

परिषद्ले एक महिना अगाडी मुलपानी सहित चार रंगशालाको टेन्डर आह्वान गरेको थियो । जसमा मुलपानी मैदानको निर्माणका लागि प्रतिष्ठा, सुनकोशी, आरएनसी कन्सर्टक्सनले संयुक्त रुपमा टेन्डर हालेका छन ।

मुलपानीका लागि परिषद्ले २७ देखि २८ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो । तर यसको फाइनल हुन भने बाँकी रहेको छ । किनकी जुन कम्पनीले टेन्डर हालेको छ, त्यो कम्पनीको विरोधमा अख्तियारमा उजुरी परेको छ । यसका साथै त्यो उजुरी राष्ट्रिय खेलकुद परिषद्मा पनि परेको छ ।

निर्माण कम्पनीको कारोबारको राम्रो नरहेको भन्दै त्यसको सबै पत्र हेर्नका लागि उजुरुी परेको थियो । यसका साथै त्यो कम्पनी कानुनसम्बत नभएको भन्ने पनि आरोप सो उजुरीमा लगाएको परिषद्का एक पदाधिकारीले बताए ।

त्यो उजुरीमा अख्तियारले परिषद्सँग सबै पत्र मागेको र सबै पेपर अख्तियारमा पठाएको छ । अब अख्तियारले नियमसंगत काम गर्न भनेर पत्राचार गरेपछि टेन्डर कम्पनीको काम फाइनल गर्ने परिषद्को तयारी छ ।

विचमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा ढिलाई हुँदा टेन्डरको प्रक्रियापनि फाइनल हुन ढिलाई भएको हो । यहि विचमा टेन्डरका बारेमा अख्तियारमा पनि उजुरी परेको हो ।

तल्लो मैदानमा प्यारापिट त बनाइएको छ । अझै फिनिसिङ भएको छैन । तपाई मुलपानी जानुभयो भने खाली पिलर देख्नुहुन्छ । भित्र गएर हेर्नुभयो भने ब्लकहरु पनि उबड खावड भएर बनेको छ ।

ब्लकहरु पनि राम्रोसँग नजोड्दा पूर्वाधार त्यति बलियो छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । उक्त मैदानमा गत बर्ष पीएम कप क्रिकेट भएको थियो । पहिला पीच तयार भएपनि अन्तिममा पिचबाट ग्यास लिग भएपछि म्याट राखेर हरिविजोग तरिकाले प्रतियोगिता सञ्चालन गरिएको थियो ।

उक्त प्यारापिट बनाउने जिम्मा मुन्ना एण्ड आचार्य कन्सक्ट्रक्सनले लिएको थियो । १६ करोडको काम गरेको उक्त कन्सक्ट्रसनले सम्झौता अनुसार काम पुरा गरेको भन्दै धरौटी पनि फिर्ता लगिसकेको छ । तर अझै फिनिसिङ बाँकी छ ।

Post Add 1025X115
Loading...