फुटबल खेलाडी काे कहाँ क्वारेन्टिनमा छन ?

0

नेपाल सरकारले भदौ एक गतेबाट प्रशिक्षण सुरु गर्न पाउने बताएपछि अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना काठमाडौं बाहिर रहेका सबै खेलाडीलाई बोलाएको छ । जसमा काठमाडौं बाहिर रहेका खेलाडी एक खेलाडी रञ्जित धिमाल बाहेक सबै अहिले आइपुगेका छन ।

उनीहरु त्रिपुरेश्वरको विजनेश होटेलमा क्वारेन्टिनमा बसिरहेका छन । कोठमाडौं बाहिर रहेका ११ खेलाडीमा १० खेलाडी अहिले क्वारेन्टिनमा छन ।

बाहिरबाट आएका खेलाडीलाई कम्तिमा पाँच दिन क्वारेन्टिनमा राखेर पीसीआर परिक्षण गर्ने तयारी एन्फाको छ ।

कुन कुन खेलाडी कहाँ कहाँ क्वारेन्टिनमा छन हेरौ सूची

घरमा नै क्वारेन्टाइनमा बसिरहेका खेलाडी

विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ , सरोज दाहाल, अनन्त तामाङ, अजित भण्डारी, तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट र आशिष लामा ।

आर्मी क्लबमा क्वारेन्टिनमा रहेका खेलाडी

विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवास।

एन्फाले होटलमा राखेका खेलाडी

विमल राना, दिप कार्की, देवेन्द्र तामाङ, विशाल राई, रविशंकर पासवान, छिरिङ गुरुङ, मिक्चेन तामाङ, दिलेन तोप्तान, पुजन उपरकोटी र दर्शन गुरुङ।

फिफा विश्वकप छनोटको अभ्यास फागुनमा पनि सुरु गरेको थियो तर, कोरोना भाइरसको जोखिम बढेपछि अभ्यास स्थगित गरिएको थियो।छनोटको समुह बि मा रहेको नेपालले ५ खेल खेलिसकेको छ। जसमा नेपालले ३ अंक जोडेको छ। अब नेपालले केही तलमाथि नभए अक्टोबर ८ मा दशरथ रंगशालामा चाइनिज ताइपेईसँग खेल्नेछ । त्यसपछि अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमै खेल्नेछ।

Post Add 1025X115
Loading...