कीर्तिपुर मैदानमा खेलाडी बस्ने स्थान बनाउन क्यानलाई चाैतर्फि तनाव

0

नेपाल क्रिकेट संघ क्यानले आफ्ना खेलाडीलाई क्वारेन्टिनमा राख्नका लागि कीर्तिपुर मैदानमा नै होस्टेल तयार पार्ने काम सुरु गरेको छ । तर त्यसका लागि चौतर्फि झण्झटको सामना खेप्नुपरेको छ ।

भदौ एक गतेबाट खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाका साथ कीर्तिपुर मैदानमा राखेपले बनाइदिएको भवनलाई क्वारेन्टिनमा बस्ने ठाँउमा परिवर्तन गरिन लागिएको हो । त्यो भवनलाई होस्टेलमा परिणत गर्नका लागि क्यानले सोमबारबाट काम सुरु गरिसक्नेछ ।

तर त्यो भन्दा अगाडी क्यानले त्यो भवनमा विजुली, खानेपानी, ट्वाइलेट बाथरुमको तयारी लगायतका काम गर्नुपर्ने देखिएको छ । जसमा केहि झण्झट नै आइपरेको छ । भवनमा विजुलीको लाइन नै छैन, यसअघि कुनैपनि प्रतियोगिता भएमा जेनेरेटरबाट बिजुली लग्ने गरिन्थ्यो । केहि दिन अगाडी क्यानका केहि पदाधिकारीले कुलमान घिसिङलाई भेटेर मैदानमा बिजुलीकाे अवस्थाका बारेमा जानकारी दिएका थिए । उनले त्याे बेला तत्काल मैदानमा बिजुलीकाे ब्यवस्था गर्ने आश्वासन दिएका थिए ।

तर अब खेलाडी नै राख्नुपर्ने भएपनि विजुलीको आवश्यकता परेको छ । यस्तै खानेपानीको अभाव मैदान पहिले देखि नै हो । अब त्यसलाई कसरी मिलाउने भन्ने झण्झट क्यानलाई परेको छ ।

खेलाडी राख्ने भएपछि त्यहि अनुसार कोठाहरुलाई तयार पार्नुपर्छ । यस्तै खेलाडीलाई नुहाउनका लागि सावर, ट्वाइलेट बाथरुपमा सफा बनाउने काममा क्यानले तयारी गरेको छ । यसका साथै क्यानिटनलाई पनि नयाँ स्वरुप दिनुपर्ने अवस्था आएको छ ।

छोटो समयमा खेलाडीलाई राख्न मिल्ने गरि अस्थाई होस्टेल बनाउने जिम्मा क्यानले लिएको छ । त्यसका लागि केहि पदाधिकारी पनि मैदानमा खटाएको छ । क्यानले पहिलो चरणमा २२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ ।

उनीहरुको पीसीआर परिक्षण पनि गरिनेछ । त्यसपछि प्रशिक्षणमा राखिनेछ । होटेलमा राख्दा खर्च धेरै हुने भएकाले क्यानले कीर्तिपुर मैदानमा नै खेलाडीलाई बस्ने ब्यवस्थ ागर्ने, त्यहि प्रशिक्षण र बाहिर कसैलाई पनि निस्कन नपाउने ब्यवस्था अनुसार योजना बनाएको हो । तर अब छोटो समयमा सबै काम कसरी सकिन्छ भन्ने चिन्ता यतिबेला पदाधिकारीलाई परेको छ ।

Post Add 1025X115
Loading...