मुलपानी सहित चार स्थानकाे मैदान निर्माणका लागि परिषदद्वारा टेन्डर आह्वान

0

राष्ट्रिय खेलकुद परिषद्ले मुलपानी क्रिकेट मैदानको निर्माणका लागि टेन्डर आह्वान गरेको छ ।

यसकासाथै  अरु तीन वटा मैदानकाे पनि टेन्डर खुल्ला गरेको छ । जसमा पाँचथरको फिदिम रंगशाला, हेटौडाका गौरीटार खेलकुद एकेडेमी र विरगञ्ज रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरिएको छ ।

जसमा मुलपानी क्रिकेट मैदान निर्माणका लागि २७ देखि २८ करोडको विचमा टेन्डर आह्वान गरिएको छ भने पाँचथरको फिदिम रंगशालाका लागि १७ करोड बजेट राखिएको छ ।

यस्तै बहुबर्षिय योजनामा रहेको हेटौडा गौरीटार खेलकुद एकेडेमीका लागि ३ करोडको टेन्डर आह्वान भएको छ । विरगञ्ज रंगशालाका लागि २ करोडको टेन्डर खुल्ला गरिएको छ ।

यसका साथै परिषद्ले १५ दिने नोटिस जारी गरेको र त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट आएकाहरु मध्येबाट एकलाई छनोट गरिने परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए ।

बर्षाेदेखि काम भइरहेकाे मुलपानीकाे तल्लाे मैदानमा अझैपनि निकै काम बाँकि रहेकाे छ । जसका लागि परिषद्ले नयाँ अार्थिक बर्षका लागि टेन्डर खुल्ला गरेकाे हाे । पछिल्लाे केहि बर्षदेखि काम हुँदै र बन्दै हुँदै गर्दाे मैदानमा केहि प्रगति हुन सकेकाे छैन ।

 

Post Add 1025X115
Loading...