एकै खेलमा तीन पेनाल्टी, बार्सिलाेनाकाे उपाधि यात्रामा नराम्राे धक्का

0

स्पेनीस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग दुई दुई गोलको बराबरीमा रोकिएको छ । यो बराबरीपछि बार्सिलोनालाई शिर्ष स्थानमा फर्किने मौका मात्र गुमेको छैन, उपाधि होडमा ठुलो धक्का लागेको छ ।

यो सिजनमा बलियो टिमविरुद्ध अन्तिम खेल खेलेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । लियोनल मेस्सीको प्रहारलाई एट्लेटिकोको डिएगो कोस्टाले आफ्नो पोष्टमा गोल गरेका थिए ।
उपहार गोलबाट अग्रता बनाएको बार्सिलोनाको सो अग्रता धेरैबेर टिक्न सकेन ।

खेलको १९ औं मिनेटमा एट्लेटिकोले खेल बराबरी गर्न सफल भयो । अर्टुरो भिडालले यानिक काराक्कोलाई डिबक्समा लगाएपछि पाएको पेनाल्टीलाई सौल निगुएलले गोल गर्न सफल भए ।

त्यो भन्दा अगाडी डिएगो कोष्टाको प्रहारलाई बार्सिलोनाका स्टेगनले बचाएका थिए । रेफ्रिले भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले कोस्टोको गोललाई मान्यता दिए ।

खेलको पहिलो हाफ एक एक गोलको बराबरी भएकोमा दोस्रो हाफमा पनि बार्सिलोनाले नै पहिले गोल गरेको थियो । एट्लेटिकोका फिलिपले नेल्सन सेमेडोलाई डिबक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । जसलाई मेस्सीले सहज रुपमा गोल गरे । जुन उनको करियरको सात सयौं गोल थियो ।

तर ६२ औं मिनेटमा एट्लेटिकोले खेल बराबरी गर्न सफल भयो । यसपटक पनि उसले पेनाल्टीमा नै गोल गरे । सेमेडोले पेनाल्टी क्षेत्रमा करास्कोलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । जसलाई साउलले नै गोल गर्दै खेललाई दुई दुईको बराबरीमा पुर्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा एट्लेटिकोले अर्को उत्कृष्ट मौका पाएपनि गोल गर्न सकेन । जसका कारण बार्सिलोनाले बराबरीमा चित्त बुझायो । यो खेलपछि बार्सिलोनाको ३३ खेलमा ७० अंक हरेको छ भने एट्लेटिकोको भने ३२ खेलमा ५९ अंक छ ।

Post Add 1025X115
Loading...