सन्दिपले लगातार तेस्राे सिजन क्यारेबियन प्रिमियर लिग खेल्ने

0

नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा लगातार तेस्रो पटक परेका थिए । तर उनी यसपटक ड्राफ्टबाट विक्रि भएको नभएको आधिकारीक रुपमा बाहिर आउन सकेको छैन ।

लगातार दुई सिजन सिपीएल खेलेका सन्दिपले आफ्नो मुल्य ९० हजार अमेरीकी डलर तोकेका थिए । सिपीएलको ड्राफ्ट भएको पाँच दिन भइसक्दा पनि आयोजकले खेलाडीको ड्राफ्टको सूची अझै सार्वजनिक गरेको छैन । यसपटक कोरोना भाइरसका कारण भर्चुअल रुपमा ड्राफ्ट भएको थियो । त्यहि कारणले सबै मिलाउन समय लागेको बताइएको छ ।

तर बुझिए अनुसार यो पटकको ड्राफ्टमा उनले तोकेको मुल्य भन्दापनि बढि रकममा विक्रि भएका छन् । झण्डै एक लाख डलरको हाराहारीमा उनी सिपीएलमा विक्रि भएको, तर कुन टिममा अनुबन्ध भएको भन्ने केहि दिनमा सार्वजनिक गरिने छ ।

सन्दिपलाई कुन टिमले खरिद गर्यो, त्यो यो शुक्रबारसम्म थाहा हुनेछ । आयोजकले सबैको नाम एकैपटक आधिकारीक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

पहिलो सिजन सिपीएल खेल्दा उनी सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्समा पाँच हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । त्यसपछि दोस्रो सिजनमा उनले बार्बाडोस ट्रेडेन्ट्सबाट खेलेका थिए । त्यो बेला उनी ७० हजार अमेरीकी डलरमा विक्रि भएका थिए ।

यसपटक पनि उनले सिपीएल खेल्ने पक्का भएको छ । तर कति रकम र कुन टिमबाट भन्ने चाँडै थाहा हुने उनका म्यानेजर रमन सिवाकोटीले बताए ।

Post Add 1025X115
Loading...