राइडर कप गल्फ प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित भएको छ ।
सेप्टेम्बर २५ देखि २७ तारिखमा हुने भनिएको प्रतियोगिता अर्को बर्षका लागि सरेको हो ।
यो प्रतियोगिता सरेको बारेमा केहि दिनमा आधिकारीक जानकारी दिने बताइएको छ ।
यो प्रतियोगिताको मिती सरेपछि यसको तालिकामा ठुलो असर पर्ने बताइएको छ ।
यसका साथै २०२२ मा हुने भनिएको प्रतियोगिता २०२३ मा सरेको छ ।
कोरोनाका कारण पछिल्लो पटक सर्ने खेलकुद प्रतियोगितामा राइडर कप पनि परेको छ ।