आफुभन्दा निकै कम उमेरकी महिलासँग प्रेममा परेका ५ चर्चित खेलाडी

0

मानिसलाई केहि कुरा मनपरेमा त्यसलाई पाउनका लागि निकै प्रयास गर्छन । त्यो त्यो मनपर्ने केहि चिज होस या प्रेम । यस्तैमा खेलाडीपनि उमेरले पाको भइसकेपछि पनि प्रेममा परिरहेका छन । तर आफनो उमेरको भन्दापनि निकै कम उमेरकी केटीसँग ।

आज हामी त्यस्ता पाँच खेलाडीका बारेमा कुरा गर्नेछौ जसले आफु भन्दा निकै कम उमेरकी केटिसँग प्रेमसम्बन्ध राखेका छन ।

इली नस्तासे

विम्बल्डनका पूर्व च्याम्पियन इलीले ७३ बर्षको उमेरमा पनि विवाह गरेका थिए । जसमा उनले चार पटकसम्म विवाह गरेका थिए । तर अझैपनि उनले फेरी प्रेममा परेका छन । उनले ४३ बर्षे लोआना सिमीयोन जो ४३ बर्षकी थिइन, पाँचौ विवाह गरे । उनले रोमानियाको मामाइया रिसोर्टमा सामान्य तरिकाले विवाह गरेका थिए ।

यी दुई विच ३० बर्षको ग्याप रहेको छ । उनीहरु सन् २०१८ देखि डेटिङ गरिरहेका थिए । धेरै उमेरको ग्यापले उनीहरुलाई कुनै चिन्तामा पारेन र विवाह गरे ।

माइकल जोडर्न

७५ बर्षे माइकल जोर्डनले ४१ बर्षकी भिटी प्रिटोसँग प्रेम सम्बन्धमा परे । सन् २००७ मा एउटा क्लवमा भेट हुँदा भिटी ४१ बर्षकी थिइन । जोडर्नको बैवाहिक सम्बन्ध विच्छेद भइसकेको थियो । यस्तैमा उनले आफ्नो प्रेम सम्बन्धलाई अगाडी बढाए । सन् २०१३ मा उनीहरुले विवाह गरे । जसमा १० मिलियन खर्च भएको थियो । त्यो विवादहमा स्टार खेलाडीको सहभागिता थियो । भिटी एक क्युवियन मोडल थिइन ।

डिएगो म्याराडोना

अर्जेन्टिनी लेजेन्ड फुटबलर डिएगो म्याराडोना जति मैदानमा खेलका कारण चर्चित भए, त्यति नै मैदान बाहिर । उनले खेलाडी जीवन छोडेको भएपनि मैदान बाहिर हुने विभिन्न गतिविधीका कारण सधै चर्चामा रहे । चाहे त्यो लागुऔषधको कुरा होय सा प्रेमीकासँगको सम्बन्ध । हाल ५९ बर्ष उमेर पुगेका म्याराडोनाले २०१३ मा रोसियो ओलिभासँग प्रेममा परेका थिए । त्यो बेला उनी मात्र २२ बर्षकी थिइन । यी दुईले सन् २०१८ मा इन्गेजमेन्ट गरेका थिए ।

टाइगर उड्स

गल्फका लेजेन्ट खेलाडी टाइगर उड्सपनि खेलका कारण जति चर्चित छन केटीका कारण त्यति ने बदनाम पनि भएका थिए । उड्ले आफु भन्दा १० बर्ष कान्छि इरीका हेरमनसँग प्रेममा परेका थिए । यी दुईको भेट सन् २०१७ मा न्यूजर्सीमा भेट भएको थियो । त्यो बेला प्रेसिडेन्ट कपको उपाधि उड्सले जितेका थिए ।

उनी अहिले पप अप रेस्टुरेन्ट चलाउँदै आएकी छिन । त्यसका नामपनि द उड्स राखिएकोस छ । उनीहरुले आफ्नो रिलेसनका बारेमा २०१७ को नोभेम्बरमा सार्वजनिक गरेका थिए ।

जिमी ह्वाइट

जिमीले सन् २०१८ मा जेडी सुस्सारजेकसँग प्रेम सम्बन्ध राखेका थिए । त्यो बेला जेडी ३५ बर्षकी थिइन । त्यसको ६ बर्षपछि उनले सार्वजनिक रुपमा उनीहरुले आफ्नो प्रेमलाई स्विकारेका थिए । आफु भन्दा निकै जेठा केटासँग सम्बन्धमा परेका थिए । त्यसलाई उनले अहिलेसम्म पनि कायम राखेका छन । यो जोडी निकै ग्ल्यामरका रुपमा मानिन्छन ।

Post Add 1025X115
Loading...