खेलकुद सुरू गर्नअघि सबै खेलाडी, प्रशिक्षक पत्रकारकाे काेराेना परिक्षण गर्ने तयारीमा परिषद्

0

कोरोना भाइरसका कारण यतिबेला बन्द अवस्थामा रहेको नेपाली खेलकुद फेरी सुरू गर्नका लागि आन्तरीक तयारीमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।

विस्तारै खेलाडीलाई सामाजिक दुरी कायम गरेर प्रशिक्षणमा फर्काउने परिषद्ले बताएको छ । खेलाडीलाई प्रशिक्षणमा फर्काउन अगाडी सबैको कोरोना परिक्षण गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

बन्द रहेको खेलकुदका कारण यो समयमा देशभरमा दुई सय भन्दा बढि खेलहरु रोकिएको र अब विस्तारै चौतर्फि अध्ययन गरेर खेलाडीलाई प्रशिक्षणमा फर्काउने उनले बताए । त्यसका लागि काठमाडौंबाट खेलाडीको कारोना परिक्षण गरिने बताए ।

परिषद्कै खर्चमा खेलाडी, प्रशिक्षक, खेलपदाधिकारी, खेल पत्रकारको आरडिटी परिक्षण गरिने, त्यसमा पोजेटिभ देखिए पीसीआर परिक्षण गरिने बताए । त्यसका लागि दशरथ रंगशाला, सातदोबाटो, सानो गौचरणलाई प्रशिक्षण स्थलका रुपमा राखिने सिलवालले बताए ।

यदि त्यो भन्दापनि बढि चाहिएको खण्डमा लैनचौरको टेबलटेनिस हललाई पनि प्रयोग गरिने बताए । अब लामो समयसम्म प्रशिक्षण नहुँदा खेलाडीलाई पनि वाक्क लागिसकेको अवस्थामा उनीहरुलाई मानसिक रुपमा बलियो बनाउने र त्यसका लागि चुनौती पनि धेरै रहेको बताए ।

Post Add 1025X115
Loading...