उड्सकाे अपिल

0

जर्ज फ्लोइडको हत्यालाई लिएर अहिले पूरा अमेरिकाभर आन्दोलन भइरहेको छ । यो अवस्थामा अमेरिकी गल्फर टाइगर उड्सले आन्दोलनकर्तालाई संयमित हुन आग्रह गरेको छ ।

आफ्नो ट्वीटर एकाउन्टबाट उनले यस्तो अपिल गरेका हुन् । जर्ज फ्लोइडको मृत्यू र त्यसले पुर्याएको वेदनाप्रति मेरो पनि सम्मान छ । तर, हामीले सीमा उल्लंघन गरेका छौं ।

हामी आफ्नो माग आफू बस्ने घर र छिमेकमा आगो नलगाई पनि ब्यक्त गर्न सक्छौं । उनको ट्वीटरमा उल्लेख छ । अहिले सबैजसो खेलाडीहरु जर्ज फ्लोइडको न्यायका लागि एकताबद्ध भएका छन् ।

Post Add 1025X115
Loading...