फुटबल क्लव खरिदमा असफल भएका डोनाल्ड ट्रम्प, पिके देखि विश्वका धनी ब्यक्ति !

0

विश्व फुटबलमा कुनैपनि क्लव एकैपटक धनी भएका छैनन् । उनीहरुको खरिदका लागि धेरैपटक विभिन्न धनाढ्यले खरिद गर्ने प्रयास गरेका छन । कतिपय सफल भएका छन भने कति असफल भएका छन । आज हामी केहि यस्ता घटनाका बारेमा कुरा गर्नेछौ, जसमा क्लव किन्नका लागि भएका प्रयास असफल भएका छन ।

मोरडक म्यानचेस्टर युनाइटेड

सन् १९९० को ताकामा रुपेर्ट मोरचकले म्यानचेस्टर युनाइटेड क्लव खरिद गर्ने जमर्को गरेका थिए । अष्ट्रेलियाका जन्मिएका अमेरीकी नागरिक मोरडक एक मिडिया ब्यापारी हुन । १३ विलियन सम्पत्ती भएका मोरडकले युनाइटेडलाई खरिद गर्नका लागि निकै प्रयास गरेका थिए । तर पछि उनको त्यो प्रयास सफल भएन ।

उनले सो बेला ६५० मिलियन पाउण्डमा युनाइटेडलाई किन्न खोजेका थिए । सो बेला युनाइटेड सुरुवाती पाँच मध्ये चार वटा प्रिमियर लिगको उपाधि जितेका थिए र क्लव चाँडै फाइदामा गएको थियो । तर मोरडकको प्रयासमा विभिन्न राजनितीकर्ता, फ्यान लगायतले विरोध गरेपछि उनको योजना तुहिएको थियो ।

माइकल नाइटन म्यान यू

माइकलले पनि युनाइटेडलाई सन् १९८९ मा खरिद गर्न खोजेका थिए । बेलायती ब्यापारी माइकलले त्यो बेला १० मिलियन वल्र्ड ट्राफोर्ड बनाउनका लागि खर्च गर्ने बाचा गरेका थिए । उनले त्यो बेला २० मिलियन पाउण्डमा युनाइटेडलाई खरिद गर्न खोजेका थिए । उनले क्लव खरिद गर्नका लागि निकै नजिक पनि पुगेको बताइन्छ ।

उनले क्लवको सेयरलाई पनि पब्लिकमा लाने योजना बनाएका थिए । त्यो बेला एलेक्स फर्गुसनले क्लवलाई उत्कृष्ट बनाउन खोजिरहेका थिए । उनले मार्केट भ्यालु भन्दा कम रकममा चलाखीपुर्ण तरिखकाले किन्न खोजेका थिए । त्यसका लागि उनले क्लव खरिद गर्न लागेको भनेर सञ्चार माध्यममा नै घोषणा गरेका थिए ।

डेल सन्डरल्याण्ड

सन् २०१९ मा अमेरीकी ब्यापारीको सुमह मिलेर सन्डरल्याण्डलाई खरिद गर्न खोजेका थिए । जसमा डेल कम्पनीका संस्थापक माइकल डेल पनि रहेका थिए । २८ दशमलव ६ विलियन सम्पत्ती रहेको डे समुहमा चार जना ब्यापारी रहेका थिए । उनीहरुले सन् २०१६ मा रेलिगेट भएर लिग वनमा पुगेको क्लव सन्डरल्याण्डलाई लिन खोजेका थिए ।

त्यो बेला स्टेवार्ट डोनाल्डको नाममा ७४ प्रतिशत सेयर रहेको थियो भने मिथभेनको नाममा ६ प्रतिशत र जुवान सारटोरीको नाममा २० प्रतिशत सेयर थियो । तर पछि डेलको प्रयासले सफलता हासिल गर्न सकेन । सन् २०१९ मा फोब्र्सको सुचीमा डेल २५ औं धनी ब्यक्ति थिए । क्लवले नराम्रो प्रदर्शन गर्दै गएपछि उनीहरुले हात झिकेको बताइएको छ ।

डोनाल्ड ट्रम्प रेञ्जस क्लव

हाल अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१२ मा रेञ्जर्स क्लवलाई खरिद गर्न खोजेका थिए । राजनिती भन्दा अगाडी धनाढ्य ब्यापारी रहेका ट्रम्पले सोहि बर्ष स्कटल्याण्डमा गल्फ कोर्षपनि बनाएका थिए । साथै त्यहि बेला उनी फुटबल क्लवमा पनि लगानी गर्न चाहन्थे । त्यो बेला रेञ्जर्स क्लव आर्थिक रुपमा निकै कमजोर भएको थियो ।

उसलाई पैशाको ठुलो आवश्यकता रहेको थियो । त्यो बेला क्लवको अवस्थालाई राम्रो सँग अध्ययन गर्दा ट्रम्पले आफ्नो योजना परिवर्तन गरेका थिए । ट्रम्पको क्लव किन्ने चर्चा सन् २०१५ मा पनि भएको थियो । त्यो बेला उनी राष्ट्रपतिको क्याम्पियनमा लागेका थिए । तर उनले कोलम्बियन क्लव एट्लेटिको नासियानालाई एक सय मिलियन पाउण्डमा खरिद गर्न खोजेको बताइएको थियो । त्यो बेला क्लव बैंकक्रप्ट भएको थियो ।

स्टिभ मोर्गन लिभरपुल

सन् २००४ मा बेलायती ब्यापारी स्टिभले आफ्नो बाल्यकाल देखि सपोर्ट गर्दै आएको प्रिय क्लव लिभरपुललाई खरिद गर्न खोजेका थिए । उनले ६१ मिलियन पाउण्डमा लिभरपुल खरिद गर्न खोजेका थिए । तर पछि उनको अफरलाई क्लवका अरु मालिकले अस्विकार गरे । लिभरपुलको सेयर खरिदमा स्टिभकी श्रीमतीले पनि निकै उक्साएका थिए । तर उनको त्यो भ्यालुलाई क्लवको बोर्ड समितीले मार्के भ्यालु भन्दा कम भएको ठहर गरेको थियो । सन् २००७ मा जब लिभरपुललाई टोम हिक्स र जर्ज गिलेटलाई विक्रि गरेको थियो, त्यो बेला एक सय ७० मिलियन पाउण्ड हात पारेको थियो ।

लिभरपुललाई खरिद गर्न नसकेपछि उनले उल्भरह्याम्टनलाई खरिद गरे । उनले सन् २००७ मा उल्भ्सको मालिक बने । त्यो बेला उल्भ्स दोस्रो डिभिजनमा रहेको थियो । उनले कुल ४० मिलियनमा सो क्लव किनेका हुन ।

जेरार्ड पिके नोट्स काउन्टी

लियोनल मेस्सीका समकक्षी जेरार्ड पिकेले आफ्नो कोसमोस ग्लोबल होल्डिङ समुहसँग मिलेर नोट्स काउन्टीलाई खरिद गर्न खोजेका थिए । उनले पूर्व मालिक एलान हार्डीसँग कुरापनि गरेका थिए ।

३२ बर्षे पिकेले क्लवमा नयाँ तथा युवा खेलाडी उत्पादन गर्ने योजनाका साथ सो क्लवलाई खरिद गर्न खोजेका थिए । त्यो बेला सो क्लव आर्थिक समस्याका कारण स्टाफको तलव खुवाउन पनि निकै कठिन भएको थियो । तर उनको कुरा भइरहेका बेला डेनीस धनाढ्य एलेजान्दर र क्रिस्टोफेर रिड्जले खरिद गरेका थिए । त्यो बेला पिकेको कसमस कम्पनीले डेभिस कप आयोजनाका लागि दुई विलियनको सम्झौता गरिसकेको थियो ।

न्यूक्यासल युनाइटेड

१३ बर्ष न्यूक्साल युनाइटेडको मालिक बनेका विवादास्पद छवीका माइक एस्लेबाट धेरै पटक क्लव किन्नका लागि प्रयास भएको थियो । स्पोर्टस डाइरेक्ट्सका मालिक एस्लेले पनि यसलाई विक्रि गर्न खोजिरहेका छन । केहि बर्ष अगाडी बेलायतका ब्यापारीले न्यूक्यासललाई खरिद गर्न खोजेका थिए । तर उनीपनि सफल भएनन् । पछिल्लो पटक साउदी अरेवीयाको लगानी न्यू क्यासलमा भित्रिने तयारी भइरहेको छ ।

तीन सय मिलियन पाउण्डमा न्यूक्यासललाई खरिद गर्न साउदी अरेवियन राजकुमार सलमानको लगानी रहेको पब्लिक फन्ड तयार रहेको छ । तर त्यो प्रक्रियामा अझैपनि विभिन्न बाधाहरु आइरहेका छन । यदि यो सम्झौता पनि पुरा हुन सकेन भने फुटबल क्लव खरिद हुन नसकेको सूचीमा पर्नेछ ।

Post Add 1025X115
Loading...