सागका स्वर्ण पदक बिजेता खेलाडीलाई आजिवन भत्ता बढाइने

0

नेपाल सरकारले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई आजिवन भत्ता दिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेर १३औं सागमा स्वर्ण पदक जित्न सफल सबै ५१ खेलाडीहरुलाई आजिवन भत्ता दिने भएको हो ।१३औं सागका स्वर्णधारी खेलाडीहरुले जनही मासिक ६ हजारको दरले साउनबाट लागु हुने गरी आजिवन भत्ता पाउने छन् ।

सागमा स्वर्ण जितेका खेलाडीले यसअघि मासिक ५ हजार भत्ता पाउने गरेका थिए । जिवनराम श्रेष्टको पालामा भत्ता पाउने काम सुरु भएको थियो । तर विचमा रोकिएको प्रक्रिया पूर्व सदस्य सचिव केशवकुमार विष्टको पालामा सुचारु भएको थियो ।

गत बैशाखमा सरकारको घोषणा अनुसार १३ औं सागमा व्यक्तिगत इभेन्टतर्फ स्वर्ण जित्नेले ९ लाख,  पाएका थिए । टिम इभेन्टतर्फ स्वर्ण जित्नेले ६ र  एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले रकम पाएका थिए ।

Post Add 1025X115
Loading...