विदेशी खेलाडी समावेश गरेर अक्टाेबर नाेभेम्बरमा आइपीएल गर्ने तयारी

0

भारतीय क्रिकेट बोर्डका काउन्सलर प्रभतेज सिंह भाटियाले अक्टोबर नोभम्बरमा आइपीएल हुनसक्ने बताएका छन । जसका लागि बीसीसीआई पुरै जोडतोडले लागेको बताए ।

यहि समयमा टी २० विश्वकप हुने भनिएपनि उनले विश्वकपको मिती सर्ने प्रबल संभावना रहेको र त्यो बेला आइपीएल हुने बताए । जसमा विदेशी खेलाडीपनि सहभागि हुने बताए ।

आइपीएल भएमा खेलाडीले आफ्नो आम्दानी गर्ने मात्र होइन, ठुलो नोक्सानी हुनबाट पनि बच्ने उनको भनाई छ ।

प्रभतेजले खेललाई फेरी लयमा फर्काउनका लागि आन्तरीक रुपमा योजना भइरहेको तर अहिले केहि कुरापनि सार्वजनिक गर्न नमिल्ने बताए । यसका लागि सरकारले नै आधिकारीक निर्णय गर्ने बताए ।

Post Add 1025X115
Loading...