१२३ पृष्ठ लामो बजेट भाषणमा ‘खेल’ शव्द १५ ठाउँमा

0

सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट विहीबार संघीय संसदमा पेश गरेको छ । १२३ पृष्ठ लामो बजेट भाषणमा ‘खेल’ शव्द १५ ठाउँमा परेको छ ।

पहिलो खेल शव्द १२८ नम्बर बुँदामा उल्लेख छ । त्यस बुँदामा भनिएको छ ‘कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पर्यटन क्षेत्रलाई सिघ्र पुनस्र्थापित गर्न, पर्वतीय, कृषि ग्रामिण जलयात्रा, सांस्कृतिक मनोरञ्जन खेल, स्वास्थ्य तथा पर्या पर्यटनका लगायतका नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार विकास गरिने छ ।’

यसैगरी बुँदा नम्बर १६२ मा पनि खेल शब्द भने परेको छ । त्यस बुँदामा २ वटा शव्द छन् । राष्ट्रपतित शैक्षिक सुधार कार्यक्रमको विस्तार गर्न कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याब, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूर्वाधार र गणुस्तर अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।

सार्वजनिक विद्यालय सबलि करण दशकका कार्यक्रमलाई यसै कार्यक्रमको अंगको रुपमा सञ्चालन गरिने छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रु ६ अर्ब विनियोजन गरेको छु ।
यस्तै बजेट बक्तब्यको पृष्ठ ४७ मा खेलकुद र शब्द परेको छ । यसैगरी युवा तथा खेलकुद अन्तगत छैटौं देखि १४ औं शब्द परेका छन् । १५ औं शब्द भने महिला बालबालिका तथा जेष्ठ नागरिकको शीर्षकमा परेको छ ।

१९४ औं बुँदामा बालबालिका सम्बन्धी राष्ट्रिय रणनीति तयार गरि कार्यान्व्यन गरिने छ । सदाका लागि बाल श्रमको अन्त्य गर्दै सडक बालबालिका मुक्त देश बनाइने छ । बालबालिकाको खेलकुद मनोरञ्जन तथा शारिरीक र मानसिक विकासका लागि बाल उद्यान, पुस्तकालय एबम् विज्ञान तथा प्रविधि संग्राहलय निर्माण गरिने छ ।

बजेटको बिशेषता
युवा तथा खेलकुदको बजेटः २ अर्ब ३६ करोड ६० लाख
संघः १ अर्ब ८३ करोड ९५ लाख
प्रदेशः ३७ करोड ४६ लाख
स्थानीय तहः १५ करोड १९ लाख
कुल बजेटको ०.१६ प्रतिशत

संघको बजेटमा
चालू खर्चः १ अर्ब ६४ करोड ६५ लाख
पु“जिगत खर्चः १९ करोड ३० लाख

Post Add 1025X115
Loading...