ब्रायन्टले आमालाई उपहार दिएको औंठी २ कराेड ३८ लाखमा बिक्री

0

स्वर्गिय बास्केटबल खेलाडी कोबे ब्रायन्टले आफ्नी आमालाई उपहार दिएको औंठी एक लाख ६० हजार पाउण्डमा लिलामी भएको छ ।

ब्रायन्टले सन् २००० मा लस एञ्जल्स लिकर्सले उपाधि जित्दा आफ्ना माता पितालाई दुई वटा औंठी उपहार दिएका थिए । जसमा उनकी आमालाई दिइएको औठी लिलामीमा राखिएको थियो । त्यो औंठी एक लाख ६० हजार पाउण्ड अर्था करिव दुई करोड ३८ लाखमा विक्रि भएको हो ।

ती औठीहरु सन् २०१३ मा एउटा ब्यक्तिलाई विक्रि गरिएको बताइएको थियो । तर यो बर्षको सुरुवातमा फेरी त्यो औंठीहरु विक्रि गर्ने बताइएको थियो ।

तर चार महिना अगाडी ब्रायन्टको निधन भएपछि आमालाई दिइएको औंठीलाई लिलाममा राखिएको थियो । जुन महंगो रकममा विक्रि भएको थियो ।

गोल्डिन अक्सनमा राखिएको सो औंठी निकै विशेष रहेको बताइएको छ । यस्तै अब पहिलो किनेका ब्यक्तिले उनका बुवाको औंठीपनि अक्सनमा राखेका छन । जसको न्युनतम मुल्य १२ हजार डलर राखिएको छ ।

उनकी आमाको औठीको लिलाममा २० जनाले बोली लगाएका थिए । जसमा अन्तिममा एक लाख ६७ हजार सात सयमा विक्रि भएको छ ।
केहि दिन अगाडी ब्रायन्टले हातले बनाएको जर्सीपनि लिलामीमा राखिएको छ । ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

Post Add 1025X115
Loading...