९८ दिनपछि भएकाे गल्फकाे उपाधिबाट उड्स र पेटाेनले जिते १६ मिलियन पाउण्ड

0

कोरोना भाइरसबाट प्रभावित हुने ब्यक्तिका लागि सहयोग गर्ने लक्ष्यका साथ आयोजना भएको च्यारिटी गल्फ खेलको उपाधि टाइगर उड्स र पेटोन मानिङले जितेका छन ।

उड्स र पेटोनले फिल मिकेल्सोन र टोम ब्राडीको जोडीलाई पराजित गरेका थिए । उपाधिसँगै उनीहरुले च्यारिटीका लागि १६ मिलियन पाउण्ड रकम पनि जितेका छन । जुन कोरोना विरुद्धको अभियानका लागि सहयोग गरिनेछ ।

फ्लोरिडामा भएको खेलको अन्तिम दिन बर्षाका कारण खेल ४५ मिनेट ढिलो भएको थियो । सुरुवाती चरणमा टोम र फिलले अग्रता बनाएपनि अन्तिममा उड्सको जोडीले राम्रो प्रदर्शन गरेको थियो ।

उनीहरुले ९८ दिनपछि गल्फ खेलेका थिए । जसका कारण उनीहरुलाई पहिलेको जसरी खेल्न कठिन भएको बताएका छन ।

Post Add 1025X115
Loading...