क्यानकाे कामकाे प्रगति बिवरणः धेरै काम अन्तिम चरणमा पुगेकाे अध्यक्षकाे स्पष्टाेक्ति

0

कोरोना भाइरसका कारण नेपाली खेलकुद यतिबेला बन्द अवस्थामा रहेको छ । कुनैपनि खेलकुद गतिविधीहरु कहिले सुचारु हुने भन्ने एकिन छैन । यस्तैमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले फेसबुक मार्फत नै नेपाल क्रिकेट संघको कामको जानकारी दिएका छन ।

कोरोनाका कारण क्यानको निलम्बन पुर्ण फुकुवाको प्रक्रिया अझै हुन नसकेका बेला क्यानलाई यो लकडाउनले ठुलो घाटा भएको छ । नेपाल सरकारको लगानीमा हुँदै आएको प्रधामन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता रद्द भएको छ भने नयाँ बार्षिक क्यालेन्डरको पहिलो क्वाटर पनि असर पर्ने निश्चित देखिएको छ ।

यस्तैमा अध्यक्ष चन्दले लकडाउनका बेला पनि कीर्तिपुर र मुलपानीको माथिल्लो मैदानमा काम भइरहेको, आर्थिक नियमावलीको परिमार्जनको काम भइरहेको, खेलाडीको केन्द्रिय सम्झौताको काम अन्तिम चरणमा पुगेको लगायतका विषयमा आफ्नो फेसबुकमा नै विज्ञेप्ती राखेर जानकारी गराएका छन ।

यस्तो छ क्यानको विज्ञेप्ती

आदरणिय साथीहरु,

बिश्वब्यापि माहामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि नेपाल सरकारले पनि लकडाउन बिधि अपनाइरहेको छ। हामी सबै पछिल्लो २ महिनादेखि घरभित्रै सजक र सुरक्षित रुपमा रहदै कोरोना संक्रमणबाट आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्दै छौ। अन्य विश्वका खेलकुद निकाय, अन्तर रास्ट्रिय क्रिकेट परिषद,युवा तथा खेलकुद मन्त्रालय, रास्ट्रीय खेलकुद परिसद संगै नेपाल क्रिकेट संघका पनि देशभित्रका सम्पुर्ण गतिबिधिहरु बन्द छन्। यद्धपि हामी आन्तरिक रुपमा सम्भव भएजति कार्यहरु निरन्तर रुपमा लकडाउन बीच पनि गर्दै आएको जनाउन चाहन्छु। मुलपानी माथिल्लो मैदान, किर्तिपुर स्थित टिय़ु क्रिकेट मैदान निर्माण कार्य सुचारु रहेका छन्, संघले नया आर्थिक नियमावली निर्माण गर्दै छ, अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारीमा छौ, नया आर्थिक बर्षको बजेट निर्माण हुदैछ, महिला र पुरुष दुवै क्रिकेट खेलाडीहरुको नयाँ कनट्र्याक्टको रुपरेखा अन्तिम चरणमा पुगेको छ। संघले यो आर्थिक बर्समा सम्पन्न गर्ने रास्ट्रिय प्रतियोगिताहरु भने कोभिड-१९ का कारण स्थगित भएका छन् भने नया आर्थिक वर्ष भरिमा सम्पन्न गरिने प्रतियोगिताहरुको रुपरेखाको तयारि आन्तरिक रुपमै गर्दै छौं । संघले कोभिड-१९ का कारण अपेक्षित कार्य गर्न नसकिने बाध्यात्मक परिस्थिति रहेतापनि आन्तरिक रुपमा सम्भव भयेजती कार्य भने निरन्तर गर्दै आएको जनाउन चाहन्छु। सबै सुरक्षित बसौं,घरमै बसौं ।

यदि कोरोनाको असर नभएको भए खेलाडीसँग केन्द्रिय सम्झौता भइसक्ने थियो भने आर्थिक नियमावलीको परिमार्जन पुरा भइसक्ने थियो । यस्तै खेलाडीले विभिन्न सिरीज र घरेलु प्रतियोगिता हुने आशा गरिएको थियो ।

Post Add 1025X115
Loading...