किरण चेम्जाेङ र भारतीय नम्वर एक गाेलकिपरकाे श्रेणी एउटै

0

नेपाली नम्वर एक गोलकिपर किरण चेम्जोङ पछिल्लो केहि बर्षदेखि विदेशी लिगमा ब्यस्त रहेका छन । भारत, माल्दिभ्समा ब्यवसायीक फुटबल खेलिरहेका किरण कोरोना भाइरसको लकडाउनका कारण यतिबेला स्वदेश फर्किएका छन । भारतको मिर्नेभा पञ्जावबाट यो सिजन खेलेपनि पुरै सिजन पुरा हुन सकेन । कोरोनाका कारण लिग विचमै रोकियो ।

किरणका बारेमा भारतीय एक अनलाइनले गरेको अध्ययन यहाँहरुलाई प्रस्तुत गर्देछौ ।

माल्दिभ्समा एक बर्ष विताएपछि किरण चेम्जोङ भारतको मिर्नेभा पञ्जावमा अनुबन्ध भएर भारत पुगेका थिए । तर कोरोना भाइरसका कारण यो सिजनको लिग पुरा नहुँदा पञ्जाव तेस्रो स्थानमा रहन पुग्यो । त्यसमा किरणको प्रदर्शन निकै उत्कृष्ट रह्यो । उनले चेन्नेई एफसी र केराला एफसी विरुद्धको खेलमा गरेको प्रदर्शनले सबैको आँखा खुल्लाको खुल्लै राखेको थियो ।

पञ्जावका लागि उनको प्रदर्शन गोलरक्षकका साथै खेल्ने शैलीले पनि ठुलो फरक पारेको थियो । खेलमा आफ्ना खेलाडीलाई भनेको ठाँउमा बल फाल्नसक्ने क्षमताले उनलाई अरु भन्दा फरक बनायो ।

किरणको यो सिजनको विश्लेषण

कुनैपनि खेलाडीको डाटा विश्लेषण गर्नका लागि नयाँ प्रविधीको प्रयोग गरेर सहजै उनीको प्रदर्शन कस्तो भयो भन्ने निकाल्न सहज रहेको छ । यस्तैमा किरणको प्रदर्शनको डाटालाई भारतको एक वेबसाइट मेडियम डटकमले यसरी निकालेको छ ।

त्यो बेवसाइटले एक खेलमा किरणले गरेको बचाउका आधारमा किरणको सिजनको प्रदर्शनलाई विश्लेषण गर्न सकिन्छ । युरोपका क्लवले पनि यो प्रणालीको प्रयोग गरेको छ । यसका दुई तरिकाले प्रदर्शनलाई विश्लेषण गर्न सकिने बताइएको छ । जसमा पहिलो पार्टमा गरेको बचाउ र दोस्रोमा पासका आधारमा उनको पास गर्ने क्षमताको मुल्यांकन हुन्छ ।

भारतमा खेल्ने सबै गोलकिपरहरुले यो सिजनमा नौ खेल खेलेका छन । जसमा आइएसएल र आइ लिग रहेका छन । यो हिसावको विश्लेषणमा नेपाली गोलकिपर किरण चेम्जोङमा भारतीय लिगमा यो सिजनमा गरेको प्रदर्शन एभरेज भन्दा माथि रहेको छ ।

उनी भारतीय नम्वर एक गोलकिपरको श्रेणीमा परेका छन । यो भनेको उनले गरेको सेभ र बल पासको क्षमतालाई विश्लेषण गरेर निकालिएको हो । हरेक खेलमा तीन दशमलव तीन प्रतिशत सेभ गरेका गोलकिपर पहिलो श्रेणीमा परेका छन ।

मेडियमले गरेको गोलकिपरको विश्लेषणमा पास दिने क्षमता र एक्युरेसीका आधारमा पनि चार समुहमा विभाजन गरिएको छ । जसमा ९० मिनेटमा कुनै किपरले पार गरेको बल र त्यसको एक्युरेसीलाई अध्ययन गरिएको छ । जसमा २३ दशमलव चार प्रतिशत पासहरु सहि स्थानमा परेका र ओपन प्लेमा एक दशमलव नौ प्रतिशत बल पोजिसनमा राखेको गोलकिपरलाई पहिलो श्रेणीमा राखिएको छ ।

त्यस्ता गोलकिपर सबै भन्दा उत्कृष्ट रहेको तथ्यांकले देखिएको छ । यस्तैमा किरणपनि पहिलो श्रेणीको गोलकिपरको सूचीमा परेका छन । यो श्रेणीमा गुरमितसँगै शंकर रोय र चेन्नेई सिटीका नउजीत सान्ताना पनि छन ।

मेडियमले गरेको अध्ययन र तथ्यांक अनुसार यो सिजन राम्रो रहेको जनाएको छ । किरणले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया र कुवेत विरुद्धको खेलमा किरणले झन मेहेनत गर्नुपरेको थियो । किरणले आगामी दिनमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई झन राम्रोसँग देखाउने विश्वास गरिएको छ ।

Post Add 1025X115
Loading...