कुशल र सन्दिप बिश्वका २० बर्ष मूनीकाे उत्कृष्ट खेलाडीकाे सूचीमा समावेश

0

युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेकाे विश्वका युवा खेलाडीकाे सूचीमा नेपालबाट २ जना खेलाडी परेका छन । साे पत्रिकाले सार्वजनिक गरेकाे २० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीकाे सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका हुन्।

याे सूचीमा टेष्ट मान्यता देशका खेलाडीकाे बाहुल्यता रहेकाे छ । यस्तै एसाेसिएट क्रिकेटबाट याे सूचीमा पर्ने खेलाडीमा युएई र स्कटल्यान्डका १–१ जना समावेश छन्।

साे पत्रिकाले जनाएअनुसार यो सूचीमा भारतबाट धेरै खेलाडी परेका छन । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन ।

उत्कृष्ट खेलाडीको सूचीमा परेका भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग रहेका छन । सबै खेलाडी १९ बर्षका रहेका छन । यी खेलाडीमा यशस्वी यो सिजनको आइपीएलमा पनि विक्रि भइसकेका खेलाडी हुन भने ग्रागले भारतको यू १९ क्रिकेटका कप्तान हुने भने पहिलो श्रेणीमा दोहोरो शतक बनाएका खेलाडी हुन ।

यस्तै त्यागीपनि आइपीएलमा छनोट भएका यू १९ खेलाडी हुन । उनले भारतबाट विश्वकप पनि खेलेका छन । रवी बिस्नाइ भारतका युवा बलर हुन । जसले दक्षिण अफ्रिकामा भएको विश्वकपमा धेरै विकेट लिएका थिए ।

नेपालबाट परेका सन्दिप लामिछाने एक चर्चित युवा क्रिकेटर हुन । विश्वका प्राय सबै फ्रेन्चाइजी लिग खेलेका सन्दिप नेपालका लािग टी २० मा एक सय विकेट लिने पहिलो खेलाडी हुन । यसका साथै उनी एकदिवसिय क्रिकेटमा पनि नेपालका लागि धेरै विकेट लिने बलर हुन ।

कुशल मल्ल एक अलराउण्डर हुन । उनले एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन । यसका साथै उनी एक किफायती बलर पनि हुन । उनले घरेलु मैदानमा भएकाे त्रिकाेणात्मक एकदिवसीय सिरीजमा अमेरीकाविरुद्ध डेब्यु गरेका थिए । यस्तै टी-२० मा सिङ्गापुरमा भएकाे त्रिकाेणात्मक सिरीजमा जिम्बावे विरुद्ध गरेका थिए ।

अफगानिस्तानबाट यो सूचीमा पर्ने खेलाडीमा मुजिब उर रहमान र साफिकुल्लाह घफारी रहेका छन । यस्तै पाकिस्तानबाट हइदर अली र रोहित नाजिर रहेका छन । दक्षिण अफ्रिकाबाट ब्रास पार्सन्स छन भने स्कटल्याण्डका टम माकिन्टोन, इंग्ल्याण्डका हमिदुल्लाह कद्री सूचीमा परेका छन । बंगलादेशका रोसिफुल इस्लाम र रकिबुल हसन उत्कृष्ट युवा खेलाडीको सूचीमा छन । अष्ट्रेलियाका तनविर संघा र युएईका जोनाथन फिगी तथा वेष्ट इन्डिजका जयडेन सिल्स युवा उत्कृष्ट खेलाडीको सूचीमा परेका छन ।

द नेशनलले यो सूची उमेर समुहमा अन्तराष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा गरेको हो । यसमा प्रायः सबै खेलाडी १९ बर्षको हाराहारीमा रहेका छन । नेपालका कुशल मल्ल र स्कटल्याण्डका टम मात्र सबै भन्दा कम उमरेका रहेका छन । दुबैको उमेर १६ बर्ष उल्लेख गरिएको छ ।

Post Add 1025X115
Loading...