इन्स्टाग्रामबाट मात्र कराेडाै रुपैयाँ कमाउने शिर्ष १० खेलाडी

0

विश्व खेलकुदमा खेलाडीको आम्दानी स्रोतमा धेरै पक्षहरु रहेका छन । त्यसमा एउटा हो सोसियल मिडिया । लाखौं फलोअर्स हुने खेलाडीले जस्तो पायो त्यस्तो पोष्ट गर्दैनन् । उनीहरुको पोष्ट पनि प्रायोजित हुने गरेका छन ।

यस्तैमा खेलाडीको आम्दानीको एउटा स्रोत इन्टाग्रामपनि हो । खेलाडीले यो सोसियल मिडियाबाट एउटा पोष्ट गरेपनि लाखौ डलर हात पार्छन । आज हामी विश्व खेलकुदमा इन्टाग्रामबाट धेरै आम्दानी गर्ने १० खेलाडीका बारेमा चर्चा गर्नेछौ । यो सूचीमा फुटबलको बर्चश्व रहेको छ ।

क्रिकेटबाट भारतीय कप्तान विराट कोहली मात्र परेका छन भने बास्केटबलबाट एक खेलाडी परेका छन । अब कुरा गरौ कुन खेलाडीले कति कमाउछन सोसियल मिडियाको एउटा प्ल्याटफर्म इन्टाबाट ।

१०. लुइस स्वारेज

उरुग्वे तथा बार्सिलोनाका यी फुटबलरले इन्टाग्राममा एउटा पोष्ट राखेबाफत एक लाख ८४ हजार अमेरीकी डलर रकम लिन्छन । यसको अर्थ उनले एक पोष्टको दुई करोड २२ लाख रुपैया लिने गरेका छन । उनको इन्टामा ३४ दशमलव तीन मिलियन फलोअर्स रहेका छन ।

९. विराट कोहली

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीपनि इन्टाबाट कम कमाउने खेलाडीको सूचीमा पर्छन । भारतमा यसरी रकम लिने थोरैमात्र खेलाडी छन । जसमा कोहली पर्छन । उनले इन्टामा एक पोष्ट गरेको एक लाख ९६ हजार अमेरीकी डलर अर्थात दुई करोड ३६ लाख भन्दा बढि रकम लिने गरेका छन । उनको इन्टाग्राममा ३८ दशमलव एक मिलियन फलोअर्स रहेका छन ।

८. ज्लाटन इब्राहिमोविच

स्विडेनका पूर्व खेलाडी ज्लाटन इब्राहिमोविच आफ्नो करियरको उतरार्धमा छन भन्दा कम नहोला । ३९ बर्षे ज्लाटनले विश्वका सबै ठुला क्लवबाट खेलिसकेका छन । कमाईका मामलामा पनि उनी एक कमाउ खेलाडी रहेका छन । उनले इन्टाग्रामबाट पनि एउटा पोष्ट गरेको मोटो रकम लिने गरेका छन । ३७ दशमलव चार मिलियन फलाअर्स रहेका ज्लाटनले एउटा पोष्ट गरेको दुई लाख अमेरीकी डलर चार्ज गर्छन । अर्थात २ करोड ४१ लाख भन्दा बढि रुपैयाँ लिन्छन ।

७. ग्यारेथ बेल

वेल्सका कप्तान तथा रियाल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल आफ्नो देशका सफल खेलाडी हुन । टोटनह्याममा हुँदा चर्चाको शिखरमा रहेका बेल रियाल गएपछि केहि छायाँमा रहेका थिए । सोसियल मिडियामा उनको फलाअर्स निकै रहेका छन । त्यसमा इन्टामा ४० दशमलव पाँच मिलियनले उनको हरेक पोष्ट हेर्ने गर्छन । तर उनी एक पोष्ट राखेको दुई लाख १८ हजार अमेरीकी डलर अर्थात दुई करोड ६३ लाख भन्दा बढि रकम लिन्छन ।

६. रोनाल्डिन्हो

ब्राजिलियन पूर्व खेलाडी तथा प्लेमेकर रोनाल्डिन्होले आफ्नो करियरमा जतिपनि उताडचताड ब्यहोरेपनि सोसियल मिडियामा उनको अझैपनि राम्रो क्रेज रहेको छ । पछिल्लो पटक पाराग्वेमा जेल जीवन विताई रहेका रोनाल्डिन्होको इन्टाग्राममा ४७ दशमलव दुई मिलियन फलोअर्स रहेका छन । उनी कहिले काहि आफ्ना समर्थकका माझ आउनका लागि विभिन्न पोष्ट गरिरहेका हुन्छ । तर उनले एक पोष्ट गरेबाफत दुई लाख ५६ हजार डलर हात पार्छन । त्यो भनेको नेपाली झण्डै तीन करोड नौ लाख हुन आउछ ।

५. लिबोर्न जेम्स

अमेरीकी बास्केटबल खेलाडी जेम्सको करियर जुन उचाईमा रहेको छ सोसियल मिडियामा पनि उनको फलोअर्स निकै रहेका छन । लस एञ्जल्स लकेर्सबाट ब्यवसायीक बास्केटबल खेल्ने जेम्स उत्कृष्ट एनबीए खेलाडीको सूचीमा शिर्ष पाँचमा पर्छन । उनको इन्टाग्राममा ५० दशमलव ६ मिलियन फलोअर्स रहेका छन । जसमा उनले हरेक पोस्ट गरेको दुई लाख ७२ हजार अमेरीकी डलर पाउछन । त्यो भनेको नेपाली तीन करोड २९ लाख रुपैयाँ हुन आउछ ।

४. डेविड बेकह्याम

इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामले खेलाडी जीवनबाट सन्यास लिएको ११ बर्ष भइसक्यो । तरपनि उनको फलोअर्स अझैपनि धेरै खेलाडीको भन्दा राम्रो रहेको छ । बेकह्यामसँग अझैपनि विभिन्न कम्पनीको प्रायोजनको सम्झौता कायमै रहेको छ । केहि महिना अगाडी अमेरीकामा आफ्नै फुटबल क्लव सुचारु गरेका बेकह्यामको इन्टाग्राममा ६१ दशमलव पाँच मिलियन फलोअर्स रहेका छन । उनले एक पोष्ट गरेबाफत तीन लाख ५७ हजार अमेरीकी डलर अर्थात चार करोड ३० लाख रुपैयाँ हात पार्छन । उनले इन्टाबाट मात्र बार्षिक १० दशलमव सात मिलियन डलर रकम पाउने गरेका छन ।

३. लियोनल मेस्सी

अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी मानिन्छन । उनका फ्यान विश्वका हरेक देशमा रहेका छन । सोसियल मिडियामा कम मात्र देखिने मेस्सीका इन्टाग्राममा फलोअर्स एक सय ४४ मिलियन रहेका छन । उनले एक पोष्टको ६ लाख ४८ हजार अमेरीकी डलर अर्थात सात करोड ८२ लाख रुपैयाँ पाउछन । उनले इन्टाबाट मात्र बर्षको २३ दशमलव तीन मिलियन डलर पाउछन ।

२. नेयमार

ब्राजिलका कप्तान तथा पीएसजीका स्ट्राइकर विश्वको महंगो खेलाडीमा पर्छन । उनी तीन बर्ष अगाडीमात्र कीर्तिमानी दुई सय २० मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा गएका थिए । भविष्यका उत्कृष्ट स्ट्राइकरको संभावना बोकेका नेयमारको फलाअर्सपनि उतिकै रहेका छन । उनको इन्टामा मात्र एक सय ३४ मिलियन फलाअर्स छन । उनले एक पोष्टको सात लाख २२ हजार डलर चार्ज गर्छन । जुन आठ करोड ७२ लाख नेपाली रुपैयाँ जति हुन्छ ।

१. क्रिस्टियानो रोनाल्डो

विश्वको उत्कृष्ट खेलाडीको सूचीमा शिर्ष स्थानमा रहनका लागि मेस्सीसँग प्रतिस्पर्धा हुने रोनाल्डोका इन्टाग्रामबाट धेरै रकम कमाउने सेलिब्रेटीको सूचीमा तेस्रो स्थानमा छन भने खेलाडी तर्फ पहिलो स्थानमा छन । विश्वमा रोनाल्डोको मुल्य निकै भ्यालुएबल छ । ३५ बर्षको उमेरमा पनि निकै आकर्षक फुटबल खेलिरहेका रोनाल्डोको फलाअर्स नभएको देश छैन हो । उनको इन्टामा दुई सय ६ मिलियन फलाअर्स रहेका छन । उनले इन्टामा एक पटक पोष्ट गरेका नौ लाख ७५ हजार अमेरीकी डलर अर्थात ११ करोड ७६ लाख भन्दा बढि रुपैयाँ कमाउँछन । उनले इन्टाबाट मात्र ४७ दशमलव आठ मिलियन डलर कमाउछन ।

Post Add 1025X115
Loading...