सशस्त्रकाे ड्युटीमा अभिनाश…

0

नेपाली राष्ट्रिय क्रिकेटर अभिनाश बोहोरा सशस्त्र प्रहरी बलको ड्यिुटीमा गएका छन् । विभिन्न विभागमा आबद्ध खेलाडीलाई एकपछि अर्को गरि ड्युटीमा बोलाइएपछि एपीएफ क्लवमा रहेका अभिनाश पनि क्लवमा फर्किएका हुन् ।

पछिल्लो पटक बढ्दो कोरोना संक्रमणका कारण विभिन्न सुरक्षाकर्मीलाई खटाउने क्रमबढेपनि सशस्त्रले आफ्नो अनुबन्धमा रहेका खेलाडीलाई पनि ड्युटीमा बोलाएको हो । जसका कारण खेलाडीले फिल्डमा जानु नपर्ने भए पनि उनीहरुलाई अफिसमा हाजिर हुनका लागि निर्देशन दिइएको छ ।

यस्तैमा अभिनाश पनि पछिल्लो तीन सातादेखि नियमित रुपमा हप्ताको दुई पटक हलचोक स्थित सशस्त्र प्रहरीको मुख्यालयनमा ड्युटीमा पुग्ने गरेका छन् ।

अभिनाशले घरेलु प्रतियोगितामा एपीएफबाट खेल्ने गर्छन् । खासमा भारतीय आर्मी बन्ने सोच भएका अभिनाशले छोटो समयमा नै सिनियर टिममा स्थान बनाएका थिए । डेथ ओभरमा उत्कृष्ट बलिङ गर्ने बलर अभिनाशले युएई विरुद्ध उसकै मैदानमा भएको एकदिवसिय र टी २० सिरीजका लागि टिममा परेका थिए । जसमा उनले टी २० मा डेब्यु गर्ने मौका पाएका थिए । तर उनले एकदिवसिय क्रिकेटमा डेब्यु भने घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरीज अन्तर्गत ओमानविरुद्ध गरेका थिए ।

सल्यानमा जन्मिएका बोहोराले केहि दिन अगाडी आफ्नो सोसियल मिडियामा सशस्त्रको चुस्ता लगाएको फोटो राखेका थिए । जसले गर्दा उनी सशस्त्रको ड्युटीमा गएको थाहा भएको थियो । पछि उनी आफैले क्लवले बोलाएका कारण ड्युटीमा गएको बताए ।

Post Add 1025X115
Loading...