ब्रायन्टकाे जर्सी लिलाम हुने

0

बास्केटबल स्टार खेलाडी कोबे ब्रायन्टको हस्ताक्षर सहितको जर्सी हलिउडको चाइनीज थियटरमा लिलाममा राखिएका छन । जसको अक्सन यो साता हुने भएको छ ।

अमेरीकाको हलिउठ स्थित चाइनीज थियटरको बेभेर्ले हिल्समा राखिएको उनको हस्ताक्षर सहितका जर्सी सन् २०११ मा बनाइएका हुन । जसको विशेषता ब्रायन्ट आफैले त्यो जर्सी बनाएका हुन । जसमा उनको हस्ताक्षरपनि रहेको छ । लिलाममा त्यो जर्सी चार हजार देखि ६ हजार अमेरीकी डलरसम्म बिक्रि हुने बताइएको छ ।

यसका साथै लिलामा राखिएको अर्को सामाग्रिमा उनले एलए लकेर्सबाट खेल्दा लगाएको जर्सी र स्निकर्सपनि रहेको छ । एनबीए च्याम्पियन हुँदा लगाएको सो ड्रेसलाई विहिबार अक्सन गरिने भएको छ ।

४१ बर्षको उमेरमा कोबेको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा उनकी १३ बर्षिया छोरीको पनि निधन भएको छ । उनको यो सामानहरु लिलाम गरेर आएको रकम कोरोना भाइरसले प्रभावित भएको ब्यक्तिको सहयोगमा खर्च गरिने बताइएको छ ।

Post Add 1025X115
Loading...