अनलाइन कराँतेकाे कातामा जगत र राेश्मा च्याम्पियन

0

कोरोना भाइरसका कारण खेलाडी यतिबेला घरमै बस्न बाध्य रहेका छन । विदेशमा अनलाईनबाट नै विभिन्न प्रतियोगिता गरिरहेको अवस्थामा नेपालमा पनि अनलाइन खेलको आयोजना गरिएको छ । जसमा जगत सिंह धानुक र रोश्मा राईले स्वर्ण जित्न सफल भए ।

पहिलो पटक नेपालमा आयोजना भएको अनलाईन कराँते काता च्याम्पियनसिपमा धनगढीका जगतले पुरुष तर्फ र रोश्माले महिला तर्फका स्वर्ण जिते ।

पहिलो हुने क्रममा जगतले २४ दशमलव दुई अंक हात पारे । शंखडोल डोजोको आयोजनामा भएको प्रतियोगितामा बालाजु डो का धिरेश श्रेष्ठ दोस्रो भए । उनले २३ अंक बटुले ।

महिला तर्फ राश्माले २४ दशमलव पाँँच अंक जोड्दै पहिलो भइन । दोस्रो स्थानमा रहेक िबर्षा राउतले २३ अंक हात पारिन । एपीएफकी सरिता श्रेष्ठ तेस्रो भइन ।

उनीहरुले नगद पुरस्कार पनि पाएका छन । प्रतियोगितामा पुरुषतर्फ २२ तथा महिला तर्फ ११ खेलाडीको सहभागिता रहेको थियो ।

 

Post Add 1025X115
Loading...