पीजीए गल्फ टुर सुचारूकाे याेजना ‘लिक’, ३७ पेजकाे नियममावली बनाइयाे !

0

कोरोना भाइरसका कारण रोकिएको गल्फलाई सुचारु गर्न प्रोफेस्नल गल्फ एसोसियसनले तयार पारेको ३७ पेज लामो योजना लिक भएको छ ।
जुन ११ बाट गल्फका प्रतियोगिता सुचारु गर्ने आन्तरीक तयारी गरिरहेको पीजीएको त्यो योजना अचानक लिक भएको डेलीमेलले जनाएको छ ।

सो योजनामा खेलाडीलाई तीन चरणमा परिक्षण गरिने उल्लेख छ । खेलका बेला खेलाडीको हरेक साता परिक्षण गरिने बताइएको छ । यसका साथै खेलाडीलाई पार्टनरसँग सामाजिक दुरी कायम गरेर कुरा गर्न पाउने भएपनि छुन भने नपाइने बताइएको छ । यसका साथै हरेक सट हान्नु भन्दा अगाडी खेलाडीले बोकेका खेल सामाग्रि सफा गर्नुपर्नेछ ।

यस्तै काडिजहरु प्रयोग गर्न पाउने तर कुन समय प्रयोग गर्ने भन्ने खेल अगाडी निधो गरिने भएको छ । अहिले उनीहरुलाई बंकर र झण्डा समाउनका लागि अनुमती दिने बताइएको छ । तर त्यसको लगत्तै उसले छोएका सबै चिजहरुलाई निर्मलीकरण गर्नुपर्नेछ ।

खेलाडीलाई एक प्रतियोगिताबाट अर्को प्रतियोगिता खेल्नका लागि विमान चार्टड गरिनेछ । जसमा खेलाडी र काडिज गरेर १७० जना हुनेछन । एक जनाका लागि ६ सय अमेरीकी डलर भाडा तोकिने भएको छ । त्यसमा पनि टेष्टपछि जुन खेलाडीलाई कोरोना नेगेटिभ देखिन्छ, त्यसलाई मात्र बोर्डिङ गराइने भएको छ ।

यसका साथै प्रतियोगिता हेर्न कसलाई प्रदेश दिने भन्नेमा पनि कडा नियम बनाइने छ । दर्शक, खेलाडीको परिवारलाई हेर्नका लागि प्रतिबन्ध लगाइनेछ । प्रशिक्षकहरुलाई प्रवेश दिइनेछ । जसमा एक जना खेलाडीले एक जना अर्को ब्यक्तिलाई मात्र लिन पाउनेछन । उनीहरुले खेलाडीको सामाग्रि छुन पाउने छैनन् भने एक अर्का विच ६ फिटको दुरी राख्नुपर्नेछ ।

यस्तै सपोर्ट स्टाफ पनि सिमित मात्र राखिने भएको छ । जसमा पीजीए टुर अफिसियल, नियम बनाउने र स्कोर गर्ने अफिसियल, सुरक्षा स्टाफ र काडिज, क्लवहाउस स्टाफ र ४० जना मिडिया सदस्यलाई प्रवेश दिइनेछ । कुल एक हजार एक सय मानिसलाई खेलमा प्रवेश गर्न दिइनेछ ।

Post Add 1025X115
Loading...