गल्फकाे सिप सिक्नैका लागि केटाहरु डेट गर्थे

0

पूर्व प्रोफेस्नल महिला गल्फर पेइगी स्पिरानकले आफ्नो खेलकुदमा बढि ज्ञान भएकाले केटाहरुले डेट गरेको बताएकी छिन ।

महिला गल्फरमा सुन्दर खेलाडीमा मानिने पेइगीले आफ्नो विगतमा जतिपनि केटाहरु रहे सबैले खेलकुदमा चासो राख्नका लागि डेट गरेको बताइन ।

२७ बर्षे पेइगी सन् २०१५ मा ब्यवसायीक गल्फर बनेकी थिइन । तर उनले दुबईमा २०१६ मा दुबई ओपन मिस गरेपछि यो खेलबाट बाहिर रहेकी छिन ।

अमेरीकी गल्फर पेइगीले आफुबाट गल्फको सिप सिक्नका लागि डेट गरेको बताएकी छिन । उनीहरु अर्को रिलेसनमा हुँदाहुँदैपनि मसँग डेट गरेको खुलासा गरिन ।

उनको सौन्दर्यका कारण नै उनी सोसियल मिडियामा चर्चामा रहेकी छिन । उनले डेटिङमा जाँदापनि गल्फ कोर्समा नै जाने गरेको र घण्टौ गल्फ खेलेर बसेको घटना पनि बताइन ।

Post Add 1025X115
Loading...