बक्सिङ डे मा पनि ला लागि सुचारू राख्ने याेजना

0

कोरोना भाइरसका कारण यतिबेला सबै युरोपियन फुटबल लिगहरु कसरी सुचारु गर्ने र यसको निराकरण के होला भनेर चिन्तामा छन । यस्तैमा ला लिगा आयोजकपनि प्रतियोगितालाई कसरी सुचारु गर्ने भन्नेमा निकै छलफलमा छन ।

ला लिगा र स्पेनीस फुटबलरर्स संघले विहिबार राति गरेको छलफलमा २०२० को क्रिस्मसमा पनि लिग जारी राख्नेमा सबै सकारात्मक देखिएका छन । अरू बेला ला लिगा क्रिस्मसमा ब्रेक गरिन्थ्याे ।

यस्तै स्पेनीस फुटबलले आफ्नो फिक्सरलाई डिसेम्बर २६ जुन इंग्ल्याण्डमा बक्सिङ डे का रुपमा हुन्छ, त्यसमा पनि जारी राख्ने संभावना रहेको छ ।

यसका साथै अर्को विकल्प २०२० र २१ को सिजन सेप्टेम्बरको अन्तिमबाट सुरु गर्ने भन्ने पनि छ । यो सिजन मे महिनाको मध्यमा सुरु गरेर अर्को सिजन ढिलो सुरु गर्ने छलफल भएको थियो ।

Post Add 1025X115
Loading...