खेलाडीले नमानेपनि बार्सिलाेनाले ७० प्रतिशत तलब कटाैती गर्ने

0

बार्सिलोनाले आफ्ना खेलाडीको तलव काट्ने भएको छ । खेलाडी र ब्यवस्थापक बिच तलव कटौतीमा मोलमोलाई भइरहेपनि टुंगोमा आउन सकेको छैन । तर यदि खेलाडीले नमाने पनि बार्सिलोनाको ब्यवस्थापनले खेलाडीको तलवमा कटौती गर्ने भएको छ ।

खेलाडीसँग दुई दिन देखि यो विषयमा छलफल गर्दा खेलाडीबाट सकारात्मक जवाफ नआएपछि क्लव ब्यवस्थापकले आफ्नो योजना अनुसार नै अगाडी बढ्ने बढाएको छ । जोसेप मारियाले क्लवको आर्थिक अवस्थालाई ब्यवस्थापन गर्नका लागि यो निर्णय गर्न लागेको बताए ।

उनले कोरोनाका कारण अहिले क्लव आर्थिक कठिनाईमा रहेको र तत्काल त्यसलाई ब्यवस्थापन गर्न खेलाडीको तलव कटौती भन्दा अर्को विकल्प नभएको बताए । फिफाले प्रतियोगिता नहुँदा ५० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव अनुसार बार्सिलोनाले खेलाडीसँग प्रपोजल राखेको थियो । जसमा ७० प्रतिशत तलव कटौती गर्ने बताएको थियो । जसमा खेलाडी असन्तुष्ट रहेका थिए ।

बार्सिलोनाले विभिन्न टिमहरुलाई ५ सय ९३ मिलियन पाउण्ड भन्दा बढि रकम खर्च गर्नुपर्छ । त्यसमा फुटबल टिममा मात्र चार सय ६८ मिलियन पाउण्ड खर्च हुन्छ । फुटबल खेलाडीमा सबै भन्दा धेरै लियोनल मेस्सीले साताको ५ लाख पाउण्ड तलव खान्छन । त्यो पनि विना बोनस र इमेज राइट्स । यसमा कर पनि समावेश हुँदैन ।

यस्तै एन्टोइन ग्रिजमले साताको दुई लाख ९४ हजार, लुइस स्वारेजले दुई लाख ९० हजार जेरार्ड पिकेले दुई सात २० हजार पाउण्ड साताको लिने गर्छन ।

क्लवका डाइरेक्टरहरुले भिडियो कन्फ्रेन्समा तलव कटौतीका कुरालाई लिएर कुरा गर्दा खेलाडीहरु असहमत भएका छन । केहि समयका लागि खेलाडी र कर्मचारीका तलव कटाउने कुरामा स्टार खेलाडी असहमत हुँदा ब्यवस्थापकसँग उनीहरु केहि रुष्ट देखिएका छन ।
Post Add 1025X115
Loading...