काेराेनाविरूद्ध लड्न युनाइटेडका गाेलकिपर डेविडकाे ३ लाख युराे सहयाेग

0

म्यानचेस्टर युनाइेटडका गोलकिपर डेविड डीले कोरोना भाइरस विरुद्ध लड्नका लागि तीन लाख युरो सहयोग गरेका छन ।

स्पेनमा पछिल्लो पटक झन आक्रामक रुपमा बढिरहेको कोरोना भाइरससँग लड्नका लागि ब्यक्तिगत रुपमा तीन लाख युरो अनुदान दिएका छन ।

मड्रिडमा जन्मिएका डेविडको सहयोगमा कम्युनिटी अफ मड्रिडले विशेष धन्यवाद दिएको छ । कोरोनाका कारण स्पेनमा मात्र चार हजार भन्दा बढिको ज्यान भइसकेको छ ।

विश्वमा साढे पाँच लाखको हाराहारीमा कोरोनाको संक्रमण फैलिएको छ । जसमा मर्नेको संख्या करिव २४ हजार पुगिसकेको छ ।

Post Add 1025X115
Loading...