तलव कटाैतीमा बार्सिलाेना र ब्यवस्थापकबिच मनमुटाव

0

स्पेनीस क्लव बार्सिलोनाका खेलाडी र ब्यवस्थापक विच सितयुद्ध सुरु भएको छ । कोरोना भाइरसका कारण ला लिगा स्थगित भएपछि क्लवले खेलाडीको ७० प्रतिशत तलव कटौली गर्ने योजनामा खेलाडी सहमत भएका छैनन । जसका कारण खेलाडी र ब्यवस्थापक विच मनमुटाव सुरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

बार्सिलोनाले विभिन्न टिमहरुलाई ५ सय ९३ मिलियन पाउण्ड भन्दा बढि रकम खर्च गर्नुपर्छ । त्यसमा फुटबल टिममा मात्र चार सय ६८ मिलियन पाउण्ड खर्च हुन्छ । फुटबल खेलाडीमा सबै भन्दा धेरै लियोनल मेस्सीले साताको ५ लाख पाउण्ड तलव खान्छन । त्यो पनि विना बोनस र इमेज राइट्स । यसमा कर पनि समावेश हुँदैन ।

यस्तै एन्टोइन ग्रिजमले साताको दुई लाख ९४ हजार, लुइस स्वारेजले दुई लाख ९० हजार जेरार्ड पिकेले दुई सात २० हजार पाउण्ड साताको लिने गर्छन ।

क्लवका डाइरेक्टरहरुले भिडियो कन्फ्रेन्समा तलव कटौतीका कुरालाई लिएर कुरा गर्दा खेलाडीहरु असहमत भएका छन । केहि समयका लागि खेलाडी र कर्मचारीका तलव कटाउने कुरामा स्टार खेलाडी असहमत हुँदा ब्यवस्थापकसँग उनीहरु केहि रुष्ट देखिएका छन ।

कोरोनाका कारण इटली पछि स्पेनमा धेरै प्रभाव परेको छ । खेलाडीहरु कोहि घर फर्किएका छन भने कोहि स्पेनमा नै क्वारेन्टाइनमा रहेका छन । बार्सिलोनाको लक्ष्य एक बिलियन रेभिन्यु निकाल्ने थियो । तर उसको यो लक्ष्य कोरोनाका कारण पछि परेको छ । यदि कोरोनाको संक्रमण नभएपछि बार्सिलोनालाई आर्थिक रुपमा कठिनाई हुने संभावना थियो ।

उसले इभान राकिटिक, अर्टुरो भिडाललाई यो समर विन्डोमा विक्रि गर्ने लक्ष्य राखेको थियो । यसअघि पनि बार्सिलोनालाई केहि आर्थिक समस्या आइसकेको थियो । एन्टोइन ग्रिजमनलाई एक सय २० मिलियन युरोमा भित्र्याउदा ३५ मिलियन रकम सर्ट टर्म लोन निकालेको थियो ।

जुन उसले निकै समय लगाएर तिरेको थियो । यस्तै उसका स्टार खेलाडी लुइस स्वारेज खेल्न नसक्ने हुँदापनि उनले मोटो रकम पाइरहेका छन ।
तर पछिल्लो पटकको अवस्थाले बार्सिलोनालाई आर्थिक समस्या आउन सक्ने देखिएको छ ।

Post Add 1025X115
Loading...