इंग्ल्याण्डका तेस्रो डिभिजन भन्दा तलका प्रतियोगिता समाप्त गरिने

0

इंग्ल्याण्डका तेस्रो डिभिजन भन्दा तलका सबै फुटबल प्रतियोगिता तत्काल समाप्त गरिने भएको छन् । यस्तै महिला फुटबलमा पनि सुपर लिग र च्याम्पियनसिप तलका खेलहरू पनि टुङ्गो लगाइने भएको छ ।

यसको अर्थ यी प्रतियोगितामा बढुवा र रेलिगेसन हुनेछैन । तर नेशनल लिग, नेशनल लिग नर्थ र साउथ, डब्लुएसएल, महिला च्याम्पियनसिप प्रतियोगिताहरू भने सक्दो छिटो सुरु गर्ने बताएको छ ।

कोरोनाका कारण पछिल्लो पटक इंग्ल्याण्डमा सबै फुटबल गतिविधि बन्द गरिएका छन् ।

 

Post Add 1025X115
Loading...