काेराेना भाइरसले युराेपियन फुटबलकाे कुरूप पक्ष छताछुल्ल

0

कोरोना भाइरस नयाँ रियालिटीका रुपमा अगाडी आएको छ । सायद पहिलो पटक होला कुनैपनि मानिसलाई स्वस्थ रहन अस्पतालको सट्टा घरमा पठाइएका छन । जसले भविष्यमा तन्दुरुस्त भएर काममा फर्किन सकुन । कोभिड १९ नाम दिइएको यो भाइरसलाई विश्व श्वास्थ्य संगठनले नै ग्लोबल पेन्डामीक नाम दिइसकेको छ ।

गत डिसेम्बरमा चीनको युहानबाट सुरु भएको यो भाइरसले मुख्य गरि युरोपमा बढि क्षती गरेको छ । जसमा स्पेन र इटलीमा यसको महामारी बढि देखिएको छ । यसका साथै युरोपका अरु देशमा पनि यसको नराम्रो असर देखिएको छ ।

तर यो भाइरसले युरोपीयन फुटबलको कुरुप पक्षलाई खुलस्त गरेको छ । भनिन्छ कुनैपनि कुराको वास्तविकता त्यसलाई परेको असरपछि देखिन्छ । यतिबेला युरोपियन फुटबलमा पनि यस्तै भएको छ । निकै संकट पर्दा युरोपियन फुटबलको कुरुप वास्तविकता देखिएको छ ।

कोरोनाका कारण सबै युरोपियन लिगहरु स्थगित भएका छ । यसले सबै लिगको आर्थिक पक्षमा ठुलो नोक्सानी गरेको छ । तर यसको असर ठुला क्लव भन्दा साना क्लवलाई धेरै परेको छ । जुन क्लवको मुख्य आयश्रोत गेटमनी थियो, तिनीहरुलाई यो भाइरसले डुबाएको छ ।

अहिलेसम्म छिटपुट बाहेक अरु कुनै ठुला लिगका पावरहाउसले साना क्लवको सहयोगका लागि आवाज उठाएका छैनन् । यतिसम्म की भाइरसको असर पुरा रुपमा समाप्त नहुँदै कुनै लिगका क्लवहरु चाँडो फुटबल सुचारु गरेर क्लवको घाटालाई कम गर्न दबाव दिइरहेका छन । तीनै क्लवहरुले हरेक बर्ष मिलियन युरोको टर्नओभर गर्छन । जब यो भाइरसको असर समाप्त भएपछि क्लवहरुलाई एउटा प्रश्न पक्कै उठ्नेछ ।

Post Add 1025X115
Loading...