जापानीज फुटबल अप्रिल २५ बाट सुरू हुने

0

कोरोना भाइरसका कारण तीन पटकसम्म स्थगित भएको जापानी फुटबल अप्रिल २५ तारिखबाट सुचारु हुने भएको छ ।

जापानमा कोरोनाका कारण उच्च जोखिमको अवस्था कम हुँदै गएपछि जापान फुटबल संघले शिर्ष डिभिजनको जे लीगका साथै अन्य फुटबल गतिविधी अप्रिल १३ तारिखबाट सुरु गर्ने बताइएको थियो । तर कोरोनाको जोखिन नरोकिएपछि फेरी स्थगित भएको थियो ।

अब भने अप्रिल २५ तारिखबाट विस्तारै सुचारु हुने भएको छ । संघले जे लिगको दोस्रो डिभिजन मे दुई तारिखबाट खेलाउने भएको छ । यस्तै शिर्ष डिभिजनको जे लीग मे नौ तारिखबाट सुरु हुने भएको छ ।

Post Add 1025X115
Loading...