धेरै कमाउने फुटबलरकाे सूचीमा मेस्सी, रोनाल्डो, अरुको तेब्बर कम

0

सन् २०१९ मा कुने खेलाडीको तलव कति भनेर सार्वजनिक गरिएको छ । जसमा शिर्ष तीन स्थानमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार रहेका छन । पछिल्लो पटक निकै चर्चामा रहेका केलियन एम्बाप्पे कमाईको मामलामा यी तीन खेलाडी भन्दा निकै पछाडी रहेका छन ।

फ्रेन्चको एक पत्रिकाले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा मेस्सीलाई देखाएको छ । दोस्रो स्थानमा रोनाल्डो र तेस्रो स्थानमा नेयमार छन । जसमा एक सय मिलियन युरो भन्दा बढि कमाउने खेलाडीमा मेस्सी र रोनाल्डो मात्र छन ।

मेस्सीले २०१९ मा एक सय ३१ मिलियन युरो कमाई गरेको देखाएको छ भने रोनाल्डोले एक सय १८ मिलियन युरो । यस्तै नेयमारले ९५ मिलियन युरो ।

विश्वमा बेष्ट पेड फुटबलरको सूचीमा एम्बाप्पे १० औं स्थानमा छन । विश्व फुटबलमा मोष्ट भ्यालुयबल खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका एम्बाप्पेको अहिलेको भ्यालु दुई सय १८ दशमलव पाँच मिलियन युरो रहेको छ । ट्रान्सफरमार्केटले उनको भ्यालु २०० मिलियन राखेको छ ।

उनीसँगै एउटै क्लवबाट खेलिरहेका नेयमार भन्दा आधा कमाई गरिरहेका एम्बाप्पेलाई क्लवले हेर्ने नजरमा पनि अब परिवर्तन आएको छ । विश्व च्याम्पियन खेलाडी एन्बाप्पेले पीएसजीसँगको नयाँ सम्झौतामा उनले आफ्नो रकम बढाउने ठृलो संभावना रहेका छन ।

अहिले एम्बाप्पेले २७ दशमलव ६ मिलियन युरो कमाई गरिरहेका छन । २१ बर्षे एम्बाप्पेले तलवबाट २१ दशमलव दुई मिलियन कमाउछन भने नेयमारले ४८ दशमलव नौ मिलियन कमाई गर्छन ।

धेरै कमाई गर्ने खेलाडीको सूचीमा ग्यारेथ बेल (३८ दशमलव सात मिलियन) एन्टोइन ग्रिजमन (३८ दशमलव ५ मिलियन) युरो कमाउछन ।

यस्तो छ धेरे कमाउने फुटबलरको सूची

१ लियोनल मेस्सी           १३१ मिलियन युरो
२, क्रिस्टियानो रोनाल्डो, ११८ मिलियन युरो
३, नेयमार                     ९५ मिलियन युरो
४, ग्यारेथ बेल                ३८.७ मिलियन युरो
५, एन्टोइन ग्रिजमन       ३८.५ मिलियन युरो
६, इडेन हाजार्ड            ३५ मिलियन युरो
७, आन्द्रेस इनिस्टा        ३४ मिलियन युरो
८, रहिम स्ट्रलिङ          ३३.८ मिलियन युरो
९ रोबेर्ट लेवान्दोस्की     २९ मिलियन युरो
१० केलियन एम्बाप्पे     २७ मिलियन युरो

Post Add 1025X115
Loading...