रियलमा पहिलाे सिजन खराव रह्याे-हाजार्ड

0

चेल्सीबाट महंगो रकममा स्पेनीस क्लव रियाल मड्रिड पुगेका इडेन हाजार्डले आफ्नो पहिलो सिजन निकै खराव भएको स्विकार गरेका छन ।
सन् २०१९ मा चेल्सीबाट एक सय मिलियन युरोमा रियाल पुगेका हाजार्डलाई सुरुवात देखि नै चोटले सताएको थियो ।

मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टसमा अनुबन्ध भएपछि उनको स्थानमा सशक्त खेलाडीको खोजी गर्दै रियालले हाजार्डलाई भित्र्याएको थियो ।

साताको चार लाख पाउण्ड तलवमा रियाल पुगेका हाजार्ड नयाँ यात्रा गर्नु अगाडी चोटग्रस्त बने । जसका कारण ला लिगाका सुरुवाती केहि खेलहरु गुमाए । तर त्यसपछि मैदानमा फर्किएपछि पुर्ण रुपमा आफ्नो क्षमता देखाउन सकेनन् । फेब्रेवरी २२ तारिखमा लेभान्टे विरुद्धको खेलमा हाजार्ड फेरी चोटग्रस्त बने । जसका कारण उनले एंकलको सल्यक्रिया नै गर्नुपर्यो ।

जसका कारण उनी बाँकी सिजन खेल्न नसक्ने भएका थिए । तर कोरोना भाइरसका कारण यतिबेला फुटबल लिग स्थगित भएपछि उनी मैदानमा फर्कने संभावना छ । तर हाजार्डले भने अर्को सिजनका लागि आफुलाई तयार गरिरहेका छन ।

उनले एक अन्तर्वातामा रियालमा आफ्नो पहिलो सिजन निकै खराव रहेको स्विकारे । उनले पहिलो सिजन आफुलाई त्यहाँको वाताबरणसँग घुलमिल गर्नमा वितेको बताए । आफ्नो सहि परिक्षण दोस्रो सिजनमा हुने उनले बताए ।

यसका साथै उनले अर्को सिजनमा कस्तो गर्ने भन्ने जिम्मा म आफैमा रहेको धारणा राखे । उनले रियालसँग अझै चार बर्ष बाँकी रहेको र त्यो बेलासम्म आफ्नो क्षमता सबैलाई देखाउने बताए ।

चोटबाट हाजार्ड युरो कपमा फर्कने आशा गरिएको थियो, तर त्यो प्रतियोगिता पनि सरेपछि उनले झन निको हुन उल्लेख्य समय पाएका छन ।

Post Add 1025X115
Loading...