नयाँ गन्तव्य खोज्दै रोनाल्डो,युभेन्टस् छाड्ने

0

पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले सिरी ए क्लब युभेन्टस छाड्न चाहेको बताइएको छ । एजेन्सीका अनुसार रोनाल्डो लिग वान क्लब पीएसजीमा अनुबन्धित हुने सम्भावना रहेको छ ।

रोनाल्डोका श्रीमती फ्रान्सको राजधानीमा बसाई सरेको बताइएको छ । जसका कारण पनि रोनाल्डोले टुरिन छाड्न सक्ने सम्भावना देखिएको हो । ३५ वर्षका रोनाल्डो लामो समयमा स्पेनमा रहेका थिए । रोनाल्डोले रियल मड्रिडको साथमा थुप्रै सफलताहरु हासिल गरेका छन् ।

रोनाल्डोले गत सिजन युभेन्टसको साथमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर यस सिजन भने उनी लयमा रहेका छन् । उनले यस सिजन ३१ खेलमा २५ गोल गरिसकेका छन् ।

तर बुधबा च्याम्पियन्स लिग अन्तिम १६ मा भने रोनाल्डोले आफ्नो टिमलाई हारबाट जोगाउन गोल गर्न सकेनन् ।

Post Add 1025X115
Loading...