इन्टरमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि युनाइटेड फर्कन चाहन्छन् सान्चेज

0

सिरी ए क्लब इन्टर मिलानका खेलाडी एलेक्सिस सान्चेज आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्कन इच्छुक भएको बताइएको छ ।

लोनमा मिलानमा अनुबन्धित भएका उनी यस सिजनको अन्त्यमा नै युनाइटेड फर्कने योजनामा रहेका छन् । एजेन्सीका अनुसार मिलान सान्चेजको प्रदर्शनबाट खासै खुसी  छैनन् ।

सान्चेजले इन्टरका लागि सम्पुर्ण खेलमा १३ गोल मात्र गरेका छन् । इन्टरमा उनीभन्दा उत्कृष्ट खेलाडी हुनु र लुकाकुजस्तो खेलाडी अनुबन्धित हुनुले उनले लय बिर्सिएको बताइएको छ ।

सान्चेज इन्टरमा बारम्बार इन्ज्युरीको मारमा परेका छन् भने उनले घुँडाको अप्रेसन समेत गरिएको थियो । जसका कारण उनले लामो समय इन्टरको खेलहरु गुमाएका छन् ।

इन्टरमा लुकाकु र मार्टिनेज जस्ता खेलाडी हुनुको कारणले पनि चिलीका खेलाडी सान्चेज इन्टरमा चम्किन सकेका छैनन् । सान्चेज २०१८ मा युनाइटेडबाट २६ मिलियन पाउन्डमा इन्टर पुगेका थिए ।

Post Add 1025X115
Loading...