सिटीले यूइएफएविरूद्ध अपिल दर्ता

0

युरोपियन फुटबल महासंघ यूइएफले लगाएको दुई बर्षको प्रतिबन्धविरुद्ध म्यानचेस्टर सिटीले कोर्ट अफ आर्बिटेसनमा अपिल गरेको छ । सिटीको सो अपिललाई कासले पनि दर्ता गराएको छ ।

युइएफएको दुई बर्षको प्रतिबन्धका लागि सिटीले आज कोर्टमा अपिल गरेको हो ।

दुई बर्षको प्रतिबन्धका साथै ३० मिलियन युरो जरिवाना लगाएको युइएफएले आर्थिक आचारसंहिता उलंघन गरेको ठहर गरेको थियो ।

जसलाई सिटीका प्रमुख कार्यकारी फेरानले सत्य नभएको बताउँदै आएका थिए ।

Post Add 1025X115
Loading...