सरस्वती क्लबका कप्तानमाथि दुई वर्षको प्रतिबन्ध

0

अखिल नेपाल फुटबल संघ एन्फाले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई कारवाही गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलमा प्रतियोगिता नियमावली विपरित कार्य गरेको भन्दै उनलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध पश्चात श्रेष्ठले अखिल नेपाल फुटबल संघको सम्बन्धन प्राप्त कुनै पनि प्रतियोगिता खेल्न पाउनेछैनन् ।

प्रतिबन्धसँगै उनलाई पचास हजार रुपैयाँ जरिवाना पनि गराएको छ ।

सो खेलमा मिलेमतो भएको आशंका गरिएको थियो । खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको थियो । जुन सरस्वतीको एकमात्र जित थियो । एक जित एक बराबरी र एघार हार ब्यहारेको सरस्वती रेलिगेसनमा परेको छ ।

Post Add 1025X115
Loading...