टी-२० विश्वकप खेल्ने तयारीमा रहेकाे ओमान एशिया कप छनाेटबाट बाहिर

0

नेपालमा भएको आइसीसी विश्वकप क्रिकेट लिग दुईमा विजेता बनेर स्वदेश फर्किएको ओमान टिम घरेलु भूमीमा भएको एसीसी वेस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगितामा भने समुह चरण पार गर्न सकेन । जसका कारण ओमान एशिया कप छनोट खेल्नबाट बञ्चित हुने भएको छ ।

एसीसी वेस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगिताको समुह ए मा रहेको ओमानले राम्रो गर्न सकेन । उसले कतारसँग हार ब्यहोर्यो । तीन खेलमा ओमानले दुई जित र एक हार ब्यहोरेको थियो ।

तर समान नतिजा निकालेपनि रनरेटमा ओमान पछि पर्न गयो । यो समुहबाट बहिराईन रनरेटमा शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो भने कतार उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।

समुह बी बाट यूएई र कुवेतले अन्तिम चारमा स्थान बनाए । उनीहरुमा युएईले तीन खेलमा तीन जित तथा कुवेतले दुई जित एक हार ब्यहोरे ।

फाइनलमा पुग्ने २ टिमले मलेसियामा हुने एशिया कप छनाेट खेल्नेछन । यता २ टिम इस्टर्न रिजनबाट मलेसियाकाे टिकट काट्नेछन ।

Post Add 1025X115
Loading...