ट्रम्पले सचिनकाे नाम गलत तरिकाले उच्चारण गर्दा

0

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतमा पहिलो भ्रमण सुरु गरेका छन । आफ्नो परिवारका साथ भारत पुगेका ट्रम्पले मोटेरा क्रिकेट स्टेडियमको उद्घाटन पनि गरे ।

विश्वमा सबै भन्दा ठुलो क्रिकेट रंगशालाको औपचारिक उद्घाटनका बेला राष्ट्रपति ट्रम्सले क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरको नाम उच्चारण राम्रो सँग गर्न सकेनन् ।

दर्शकले खचाखच भएको एक लाख १० हजार क्षमता रहेको सरदार पटेल स्टेडियमको उद्घाटनका बेला गरेको भाषणमा सचिन तेन्दुलकर र विराट कोहलीको नाम उच्चारण कठिन भएको भारतीय मिडियाले जनाएका छन ।

उनले आफ्नो भाषणमा सचिन तेन्दुलकरको नाम सुचिन तेन्दुलकेर र विराट कोहलीको नाम भिरोट कोली भनेर उच्चार गरेको भन्दै उनको आलोचना गरिएको छ ।

आफ्ना देशमा चर्चित खेलाडीको नाम गलत गरिकाले उच्चारण गरेको भन्दै सोसियल मिडियामा उनको खल्लि उडाइएको छ ।
ट्रम्प ३६ घण्टाका लागि विशेष भ्रमणमा भारत आएका हुन ।

Post Add 1025X115
Loading...