आईपीएलका ८ कप्तानको पारिश्रमिक कति?

0

आईपीएलको १३ औं संस्करण नजिक आइपुगेको छ । सवै टिमले आईपीएलको तयारी तीब्र पारेका छन् । आज हामीले आईपीएल खेल्ने ८ टिमका कप्तानको पारिश्रमिक कति भन्ने बारेमा जानकारी दिदैंछौं ।

१. रोहित शर्मा (मुम्बई इण्डियन्स)

रोहित शर्मा आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा मुम्बईले चार पटक आईपीएलको उपाधि जिति सकेको छ । रोहितले मुम्बईको कप्तानी २०१३ मा पहिलो पटक सम्हालेका थिए । सोही वर्षनै मुम्बईले पहिलो पटक उपाधि पनि जितेको थियो । रोहितको कप्तानीमा मुम्बईले १११ म्याच खेलिसकेको छ । जस मा ६५ म्याचमा जीत हात पारेको छ । कप्तान रोहितलाई मुम्बईले १५ करोड पारिश्रमिक दिने जनाइएको छ ।

२. स्टीब स्मिथ (राजस्थान रोयल्स)

अस्ट्रेलियाका अनुभवि ब्याट्सम्यान स्टीब स्मिथले पहिलो पटक २०१० मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेलेका थिए । अहिलेसम्म उनले चार टिमबाट आईपीएल खेलिसकेका छन् । यस पटक उनीलाई राजस्थान रोयल्सले कप्तानको रुपमा आईपीएल खेलाउँदैछ । उनले १२ करोड पारिश्रमिक लिने छन् ।

३. महेन्द्रसिंह धोनी (चेन्नाई सुपर किंग्स)

महेन्द्रसिंह धोनी आईपीएलको पहिलो सिजनदेखि नै चेन्नाई सुपर किंग्समा आवद्ध छन् । उनी पहिलो सिजनदेखि अहिलेसम्म पनि चेन्नाईको कप्तान हुन् । धोनीको कप्तानीमा चेन्नाईले तीन पटक आईपीएलको उपाधि जितिसकेको छ । धोनीको कप्तानीमा चेन्नाईले १६५ म्याचमा १०० म्याच जितेको छ । यो सिजनमा धोनीले चेन्नाईबाट १५ करोड पारिश्रमिक लिने छन् ।

४.विराट कोहली (आरसीबी)

विराट कोहली पहिलो सिजनदेखि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट खेल्दै आएका छन् । चौथो सिजनमा कोहली पहिलो पटक आरसीबीको उप कप्तान भएका थिए । उक्त सिजनमा उनले केही खेलमा कप्तानी पनि निर्वाह गरेका थिए । डेनियल विटोरीले आईपीएलबाट सन्यास लिएपछि कोहली कप्तान भएका हुन् । २०१३ मा पहिलो पटक कप्तान बनेका कोहली अहिलेपनि आरसीबीका कप्तान हुन् । उनले यो सिजनमा १७ करोड पारिश्रमिक लिने छन् ।

५. केन विलियम्सन (हैदरावाद)

न्युजिल्याडका कप्तानसमेत रहेका केन विलियमसनलाई २०१५ मा सनराइजर्स हैदराबादले खरिद गरेको थियो । तर उनले खेल्ने मौका भने २०१६ पाएका थिए । २०१८ मा डेविड वार्नर अनुपस्थित भएपछि विलियमसनले कप्तानी गरेका थिए । त्यतिबेला फाइनलसम्म टिम पुगे पनि उपाधि भने जित्न असफल रहेको थियो । यो सिजनमा उनले ३ करोड लिने छन् ।

६. दिनेश कार्तिक (कोलकता)

भारतीय टिमका विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिक आईपीएलमा अहिलेसम्म ६ टिमबाट खेलिसकेका छन् । कार्तिकले आईपीएलको करियर तत्कालिन दिल्ली डेयरडेविल्सबाट गरेका थिए । २०१८ मा कोलकताले दिनेशलाई खरिद गर्दै कप्तान बनाएको हो । कोलकताले यो सिजनमा दिनेशलाई ७.४ करोड पारिश्रमिक दिने छ ।

७. श्रीयस अय्यर (दिल्ली)

आईपीएलको इतिहासमै सवैभन्दा कम उमेरका कप्तान हुन् श्रेयस अय्यर । २०१८ मा दिल्ली क्यापिटल्सले गौतम गम्भीरलाई हटाएर अय्यरलाई कप्तान बनाएको थियो । अहिलेको सिजनमा अय्यरलाई दिल्लीले ७ करोड पारिश्रमिक दिने छ ।

८. केएल राहुल (पञ्जाव)

एक खेलाडीको रुपमा केएल राहुलको आईपीएल करियर शानदार रहेको छ । पछिल्लो रेकर्डकै कारण किग्स इलावेन पञ्जावले राहुललाई यो सिजनमा कप्तान बनाएको हो । यो सिजनमा राहुलले ११ करोड पारिश्रमिक लिने छन् ।

Post Add 1025X115
Loading...