शाई होपले तोडे बाबर आजमको रेकर्ड

0

काठमाडौं, १० फागुन । वेस्टइण्डिजका ओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर शाई होपले पाकिस्तानी क्रिकेटर बाबर आजमको रेकर्ड आफ्नो नाममा सारेका छन् ।

शनिबार श्रीलंकाविरुद्ध शतकीय पारि खेलेका होपले आजमको रेकर्ड तोडेका हुन् । होप एशियामा सवैभन्दा कम पारिमा १ हजार एक दिवसीय रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

यो उपलब्धि उनले १५ पारिमा हासिल गरे । बाबरले १७ पारिमा १ हजार रन पुरा गरेका थिए । यस्तै दक्षिण अफ्रिकाका गेरी कस्र्टनले १८ पारिमा १ हजार रन पुरा गरेका थिए ।

होप एशियामा वेस्टण्डिजका तर्फबाट सबैभन्दा धेरै शतक बनाउने खेलाडीको पनि दोस्रो स्थानमा रहेका छन् । उनी र मार्लन स्यामुयल्स दुवैले ६–६ पटक शतक बनाएका छन् । क्रिस गेल भने सर्वाधिक ८ शतकका साथ शीर्ष स्थानमा छन् ।

होपको पछिल्लोे १५ पारिको कुरा गर्ने हो भने उनले भारतमा तीन, बंगलादेशमा २ तथा श्रीलंकामा एक शतक बनाइसकेका छन्

Post Add 1025X115
Loading...